News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

अनेरास्ववियुका महेन्द्र ‘मन्नु’ लगायत विद्यार्थी पक्राउ

पोखरा, १७ जेठ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल ‘मन्नु’लगायत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । संगठनको पूर्वघोषित आन्दोलनका क्रममा सरकारी सवारी समाथि रोक लगाएपछि प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

पेट्रोलियम पदार्थसँगै बढ्दो महङ्गी, अनियमितता, चुहावट, भ्रष्टाचार विरुद्ध लडिरहेको अनेरास्ववियु र अनेरास्ववियुका कार्यकर्तामाथि दमन गर्ने सरकार विरुद्ध आन्दोलनमा उत्रिन अनेरास्ववियुका केन्द्रीय सदस्य विश्वदर्शन पराजुलीले आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा केन्द्रीय सदस्य पराजुलीले पक्राउ परेका विद्यार्थी नेता पौडेललगायत विद्यार्थी नेताहरुकोको विनाशर्त रिहाईको माग गरेका छन् ।