
१पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
२मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
३ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
४जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
५तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
६राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
७मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
८ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
९आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१०कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
११सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
तथ्यसहित प्रस्तुत भएका पौडेलले पूर्वमेयर थापालाई २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा बिगार्न महत्वपूर्ण हात रहेको आरोप
पोखरा, २० वैशाख । पूर्वमेयर कृष्ण थापालाई पोखरा बिगार्नका लागि १० वर्षे कार्यकालको भूमिका रहेको आरोप लागेको छ । ५ वर्ष मेयर र त्यसपछि पोखरा महानगरपालिकाको संयन्त्रमा रहेका थापाले खेलेको भूमिकाबाट नै उनी कस्ता पात्र हुन् भन्ने स्पष्ट हुने भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्तिहरु सार्वजनिक भएका हुन् ।
प्राईम टाईम टेलिभिजनद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन २०७९ विशेष कार्यक्रम’ छायाँकनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार गनेस पौडेलले यस्तो आरोप लगाएका थिए ।
तथ्यसहित प्रस्तुत भएका पौडेलले पूर्वमेयर थापालाई २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा बिगार्न महत्वपूर्ण हात रहेको आरोप लगाए पछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका थिए । कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक–पटक शान्त हुन आग्रह गर्दा पनि उनीहरु नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो ।

गण्डकी प्रदेशको सांसदबाट कार्यकाल नसकिदैं राजिनामा दिएर मेयरमा लोभिएका पूर्वमेयर कृष्ण थापाका कर्तुतहरु सार्वजनिक भएपछि कार्यक्रम स्थलमा होहल्ला गर्दै एमालेका कार्यकर्ताहरु ।
गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले दीपक पौडेलले सिक्री चोरेको भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ ।
कार्यक्रमका सहभागीहरुले एमाले उम्मेदवार थापाले मेयर हुँदा सयौं एमालेका कार्यकर्ता भर्ती गर्दै पोखरा महानगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको, सारा पोखराको फोहोर र ढल लगेर फेवातालमा मिसाएको अनि जातीय विभेदको घटनामा हजारौँ दलित समुदायको अपमान हुने गरी पीडिकको पक्षमा सार्वजनिक विज्ञप्ति नै प्रकाशित गरी वकालत गरेको लगायतका आरोपहरु लगाउँदै प्रश्न गरेका थिए । पूर्वमेयर थापालाई गण्डकी प्रदेशको सांसद पद नसकिदैं राजीनामा दिएर पोखरा महानगरपालिकाको मेयरमा उठेपछि आर्थिक चलखेल गर्नका लागि मेयर तोकेको र पदको एकदमैं लोभी भएको आरोप लाग्ने गरेको छ ।
कार्यक्रममा ढिलो गरी आएका एमाले उम्मेदवार थापालाई बिचमा राख्ने भनि कुर्सी साट्न खोजेपछि कार्यक्रममा बोलिरहेका राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शंकर खराल आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए । राष्ट्रिय टेलिभिजनको बहसमूलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरालले प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेले यस अघि दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो । पोखराकै एउटा सुनचाँदी पसलमा सिक्री चोरेको घटना पहिला एमाले कैं नेताहरुले भित्रभित्रै मिलाएको र बषौंपछि त्यहीँ भिडियो सामाजिक सञ्जालमा भाईरल गराएर एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको थियो । थापामाथि उक्त भिडियो भाईरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरुले लगाएका छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ ।
२०५४ साल ताकै एउटा सार्वजनिक कार्यक्रमको दौरानमा थापाले ‘जोगी हुन राजनीति गरेको होईन’ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका थिए । त्यसो त थापालाई पोखरा महानगरपालिकाबाट बिल मिलाएर पेट्रोल र खाजा खर्च लगायतको रकम वर्षौंदेखि असुल्दै आएको आरोप पनि लाग्ने गरेको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन