
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
तथ्यसहित प्रस्तुत भएका पौडेलले पूर्वमेयर थापालाई २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा बिगार्न महत्वपूर्ण हात रहेको आरोप
पोखरा, २० वैशाख । पूर्वमेयर कृष्ण थापालाई पोखरा बिगार्नका लागि १० वर्षे कार्यकालको भूमिका रहेको आरोप लागेको छ । ५ वर्ष मेयर र त्यसपछि पोखरा महानगरपालिकाको संयन्त्रमा रहेका थापाले खेलेको भूमिकाबाट नै उनी कस्ता पात्र हुन् भन्ने स्पष्ट हुने भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्तिहरु सार्वजनिक भएका हुन् ।
प्राईम टाईम टेलिभिजनद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन २०७९ विशेष कार्यक्रम’ छायाँकनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार गनेस पौडेलले यस्तो आरोप लगाएका थिए ।
तथ्यसहित प्रस्तुत भएका पौडेलले पूर्वमेयर थापालाई २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा बिगार्न महत्वपूर्ण हात रहेको आरोप लगाए पछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका थिए । कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक–पटक शान्त हुन आग्रह गर्दा पनि उनीहरु नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो ।

गण्डकी प्रदेशको सांसदबाट कार्यकाल नसकिदैं राजिनामा दिएर मेयरमा लोभिएका पूर्वमेयर कृष्ण थापाका कर्तुतहरु सार्वजनिक भएपछि कार्यक्रम स्थलमा होहल्ला गर्दै एमालेका कार्यकर्ताहरु ।
गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले दीपक पौडेलले सिक्री चोरेको भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ ।
कार्यक्रमका सहभागीहरुले एमाले उम्मेदवार थापाले मेयर हुँदा सयौं एमालेका कार्यकर्ता भर्ती गर्दै पोखरा महानगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको, सारा पोखराको फोहोर र ढल लगेर फेवातालमा मिसाएको अनि जातीय विभेदको घटनामा हजारौँ दलित समुदायको अपमान हुने गरी पीडिकको पक्षमा सार्वजनिक विज्ञप्ति नै प्रकाशित गरी वकालत गरेको लगायतका आरोपहरु लगाउँदै प्रश्न गरेका थिए । पूर्वमेयर थापालाई गण्डकी प्रदेशको सांसद पद नसकिदैं राजीनामा दिएर पोखरा महानगरपालिकाको मेयरमा उठेपछि आर्थिक चलखेल गर्नका लागि मेयर तोकेको र पदको एकदमैं लोभी भएको आरोप लाग्ने गरेको छ ।
कार्यक्रममा ढिलो गरी आएका एमाले उम्मेदवार थापालाई बिचमा राख्ने भनि कुर्सी साट्न खोजेपछि कार्यक्रममा बोलिरहेका राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शंकर खराल आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए । राष्ट्रिय टेलिभिजनको बहसमूलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरालले प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेले यस अघि दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो । पोखराकै एउटा सुनचाँदी पसलमा सिक्री चोरेको घटना पहिला एमाले कैं नेताहरुले भित्रभित्रै मिलाएको र बषौंपछि त्यहीँ भिडियो सामाजिक सञ्जालमा भाईरल गराएर एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको थियो । थापामाथि उक्त भिडियो भाईरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरुले लगाएका छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ ।
२०५४ साल ताकै एउटा सार्वजनिक कार्यक्रमको दौरानमा थापाले ‘जोगी हुन राजनीति गरेको होईन’ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका थिए । त्यसो त थापालाई पोखरा महानगरपालिकाबाट बिल मिलाएर पेट्रोल र खाजा खर्च लगायतको रकम वर्षौंदेखि असुल्दै आएको आरोप पनि लाग्ने गरेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा