
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्ने कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एक तिहाइ समावेश गर्नुपर्ने बताउनुभयो । “देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले कांग्रेसले पार्टी क्रियाशील सदस्य कम्तीमा एक तिहाइ महिलालाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारीमा महिला नेतृत्वलाई ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला नेत्रीहरुले दिनानुदिन शृङ्खलाबद्धरूपमा भइरहेको महिला माथिको हिंसा, बलात्कार र हत्याको भत्र्सनासमेत गरेका छन् । यस्तै सरकारले बहुमतका आधारमा संविधान मिच्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नस्वीकार्ने, संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । यसैगरी कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने सम्भावना देखिइसकेकाले सरकारसँग निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको मागसमेत गरिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन