
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ११ वैशाख । नेपाली काँग्रेसको तर्फबाट पोखरा १६ को वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिनालाई पोखरा महानगर समितिले एकल सिफारिस गरेको विषयले खैलाबैला मच्चिएको छ । वडाध्यक्षका आकाँक्षीद्वय शिवराज देवकोटा र महाधिवेशन प्रतिनिधि समेत रहेका मदन बस्नेतले एकल उमेद्वार सिफारिस भएको विषयमाथि छानविन हुनुपर्ने माग राखेका छन् ।
‘महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छेले अमृत शर्मा तिमिल्सिनाको एकल सिफारिस बदर गरी पुन नाम सिफारिस भएको जानकारी दिनुभएको छ । तर विवादित नाम हटाएर बाँकी नाम मात्र सिफारिस गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ वडाध्यक्षका प्रत्यासी महाधिवेशन प्रतिनिधि बस्नेतले भने । अर्का आकाँक्षी शिवराज देवकोटाले अमृत शर्माको नाम टिक लगाएर एकल उमेद्वारको संकेत गरिएको विषय र उनको शैक्षिक योग्यता समेतका विषयमा उल्लेख गरिएको विषय गम्भीर भएकाले त्यसबारे छानविन हुनुपर्ने माग राखेका छन् ।
उता डनन्यूजमा प्रकाशित समाचारप्रति आफ्नो प्रतिक्रिया दिंदै काँग्रेस पोखरा १६ का सभापति समेत रहेका शर्माले वडाबाट सिफारिस भएका आकाँक्षीबारे आफूले केही नलेखको तर नगर समितिले थपेर पठाएको बताए । ‘मैले अहिलेसम्म प्राध्यापन गरेको छैन । र, मैले नाम, प्रतिवद्धता र मतदाता नम्बर बाहेक अन्य विषयमा केही पनि लेखेको छैन । त्यो विषयमा म निर्दोष छु । त्यो समाचार डिलिट गरिदिनुस्,’ उनले भने ।
तर सभापति शर्माको दावीलाई खण्डित हुने प्रमाण डन न्यूजले फेला पारेको छ । पोखरा नगर समितिले क्षेत्रीय समितिलाई गरेको वडाध्यक्षका आकाँक्षीहरुको सिफारिसको पहिलो नम्बरमा होमबहादुर बानियाँ छन् । उनको विषयमा प्रदेश सभा उपसभापति, पुरानो क्रियाशिल सदस्य, सामाजिक व्यक्तित्व भनी उल्लेख गरिएको छ । यद्यपि बानियाँ निजामति सेवाबाट निवृत्त भई विगत १२ वर्षसम्म पोखरा १६ को सभापति भई काम गरेका व्यक्ति समेत हुन् ।
त्यस्तै दोस्रो नम्बरमा सिफारिस भएका मदन बस्नेतका बारेमा महाधिवेशन प्रतिनिधि,तरुण नेता,सामाजिक व्यक्तित्व, जुझारु युवा नेता, व्यवसायी भनी उल्लेख छ । त्यस्तै तेस्रो नम्बरमा रहेका अमृत शर्मा तिमिल्सिनालाई टिक लगाइएको छ भने उनको बारेमा इकाई सभापति, लोकप्रिय युवा नेता, प्रध्यापन, व्यवसायी, जुझारु युवा भनी उल्लेख गरिएको छ ।
त्यस्तो चौंथो नम्बरमा सिफारिस गरिएका राधाकृष्ण गुरुङका बारेमा महाधिवेशन प्रतिनिधि, पुरानो कार्यकर्ता,अपाङ्ग क्रियाशील सदस्य भनी उल्लेख छ । त्यस्तै पाँचौ नम्बरमा सिफारिस भएका शिवराज देवकोटाका बारेमा पूर्व ईकाई सभापति,युवा नेता,मितेरी शिशु हस्पीटलको सदस्य, सामाजिक व्यक्तित्व उल्लेख छ । त्यस्तै छैठौं नम्बरमा सिफारिस भएका धर्मराज थापाबारे वर्तमान इकाई सचिव, निरन्तर क्रियाशील मात्र लेखिएको पछि भिन्दै कलमले अध्यक्ष, मातृशिशु अस्पताल भनी उल्लेख छ ।
अन्तिम, सातौं नम्बरमा सिफारिस भएकी मञ्जुश्री थापा बस्नेतका बारेमा प्रदेश प्रतिनिधि, स्वास्थ्यकर्मी, सक्रिय महिला नेतृ पनि उल्लेख छ । यद्यपि मञ्जुश्री स्वास्थ्यकर्मी होइनन् । उनी विमा अभिकर्ता हुन् ।
वडाबाट सिफारिस गरिएको पत्रमा नाम मात्र उल्लेख भएको दावी गर्ने पोखरा-१६ का सभापति शर्माले आकाँक्षीका बारेमा लेखिएको उक्त विवरणबारे अनभिज्ञता प्रकट गरेपछि उक्त घटना झन् रहस्यमय बनेको छ । यद्यपि उक्त सिफारिस गर्ने नगर समितिको दस्तखत र लेखिएका अक्षर समेतको निष्पक्ष छानविन हुनुपर्ने पोखरा १६ का काँग्रेस कार्यकर्ताहरुले माग गरेका छन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा