
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ११ वैशाख । नेपाली काँग्रेसको तर्फबाट पोखरा १६ को वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिनालाई पोखरा महानगर समितिले एकल सिफारिस गरेको विषयले खैलाबैला मच्चिएको छ । वडाध्यक्षका आकाँक्षीद्वय शिवराज देवकोटा र महाधिवेशन प्रतिनिधि समेत रहेका मदन बस्नेतले एकल उमेद्वार सिफारिस भएको विषयमाथि छानविन हुनुपर्ने माग राखेका छन् ।
‘महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छेले अमृत शर्मा तिमिल्सिनाको एकल सिफारिस बदर गरी पुन नाम सिफारिस भएको जानकारी दिनुभएको छ । तर विवादित नाम हटाएर बाँकी नाम मात्र सिफारिस गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ वडाध्यक्षका प्रत्यासी महाधिवेशन प्रतिनिधि बस्नेतले भने । अर्का आकाँक्षी शिवराज देवकोटाले अमृत शर्माको नाम टिक लगाएर एकल उमेद्वारको संकेत गरिएको विषय र उनको शैक्षिक योग्यता समेतका विषयमा उल्लेख गरिएको विषय गम्भीर भएकाले त्यसबारे छानविन हुनुपर्ने माग राखेका छन् ।
उता डनन्यूजमा प्रकाशित समाचारप्रति आफ्नो प्रतिक्रिया दिंदै काँग्रेस पोखरा १६ का सभापति समेत रहेका शर्माले वडाबाट सिफारिस भएका आकाँक्षीबारे आफूले केही नलेखको तर नगर समितिले थपेर पठाएको बताए । ‘मैले अहिलेसम्म प्राध्यापन गरेको छैन । र, मैले नाम, प्रतिवद्धता र मतदाता नम्बर बाहेक अन्य विषयमा केही पनि लेखेको छैन । त्यो विषयमा म निर्दोष छु । त्यो समाचार डिलिट गरिदिनुस्,’ उनले भने ।
तर सभापति शर्माको दावीलाई खण्डित हुने प्रमाण डन न्यूजले फेला पारेको छ । पोखरा नगर समितिले क्षेत्रीय समितिलाई गरेको वडाध्यक्षका आकाँक्षीहरुको सिफारिसको पहिलो नम्बरमा होमबहादुर बानियाँ छन् । उनको विषयमा प्रदेश सभा उपसभापति, पुरानो क्रियाशिल सदस्य, सामाजिक व्यक्तित्व भनी उल्लेख गरिएको छ । यद्यपि बानियाँ निजामति सेवाबाट निवृत्त भई विगत १२ वर्षसम्म पोखरा १६ को सभापति भई काम गरेका व्यक्ति समेत हुन् ।
त्यस्तै दोस्रो नम्बरमा सिफारिस भएका मदन बस्नेतका बारेमा महाधिवेशन प्रतिनिधि,तरुण नेता,सामाजिक व्यक्तित्व, जुझारु युवा नेता, व्यवसायी भनी उल्लेख छ । त्यस्तै तेस्रो नम्बरमा रहेका अमृत शर्मा तिमिल्सिनालाई टिक लगाइएको छ भने उनको बारेमा इकाई सभापति, लोकप्रिय युवा नेता, प्रध्यापन, व्यवसायी, जुझारु युवा भनी उल्लेख गरिएको छ ।
त्यस्तो चौंथो नम्बरमा सिफारिस गरिएका राधाकृष्ण गुरुङका बारेमा महाधिवेशन प्रतिनिधि, पुरानो कार्यकर्ता,अपाङ्ग क्रियाशील सदस्य भनी उल्लेख छ । त्यस्तै पाँचौ नम्बरमा सिफारिस भएका शिवराज देवकोटाका बारेमा पूर्व ईकाई सभापति,युवा नेता,मितेरी शिशु हस्पीटलको सदस्य, सामाजिक व्यक्तित्व उल्लेख छ । त्यस्तै छैठौं नम्बरमा सिफारिस भएका धर्मराज थापाबारे वर्तमान इकाई सचिव, निरन्तर क्रियाशील मात्र लेखिएको पछि भिन्दै कलमले अध्यक्ष, मातृशिशु अस्पताल भनी उल्लेख छ ।
अन्तिम, सातौं नम्बरमा सिफारिस भएकी मञ्जुश्री थापा बस्नेतका बारेमा प्रदेश प्रतिनिधि, स्वास्थ्यकर्मी, सक्रिय महिला नेतृ पनि उल्लेख छ । यद्यपि मञ्जुश्री स्वास्थ्यकर्मी होइनन् । उनी विमा अभिकर्ता हुन् ।
वडाबाट सिफारिस गरिएको पत्रमा नाम मात्र उल्लेख भएको दावी गर्ने पोखरा-१६ का सभापति शर्माले आकाँक्षीका बारेमा लेखिएको उक्त विवरणबारे अनभिज्ञता प्रकट गरेपछि उक्त घटना झन् रहस्यमय बनेको छ । यद्यपि उक्त सिफारिस गर्ने नगर समितिको दस्तखत र लेखिएका अक्षर समेतको निष्पक्ष छानविन हुनुपर्ने पोखरा १६ का काँग्रेस कार्यकर्ताहरुले माग गरेका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा