
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौं, १९ फागुन । कुरियर कम्पनीको काम सकेर युक्रेनको राजधानी किइभमा रहेको आफ्नो होस्टेलमा आइपुग्दा गोविन्दले धेरै ुकल मिसु गरेछन्। उनको मोबाइलमा नेपालदेखि आफन्तजन र साथीभाइले निकै पटक सम्पर्क गर्न खोजेका रहेछन्।
रुसले युक्रेनको केही भागमा नियन्त्रण गर्न खोज्दा स्थिति बिग्रँदै गएको जानकारी भए तापनि युद्ध नै होला भन्ने अनुमान गोविन्दको थिएन। काममा व्यस्त हुँदा तात्तातो घटनाक्रमबारे उनले बुझ्न पाएकै थिएनन्। उनी काममा व्यस्त भइरहँदा उता रसियाले भने युक्रेनमाथि युद्ध छेडिसकेको रहेछ।
“मैले थाहा पाउनुभन्दा पहिले नै नेपालमा रहेका परिवारजन र साथीभाइले युद्धका बारेमा थाहा पाएछन्,” उनले फोनमा भने।
युक्रेन–रुस बीच तनाव शुरू हुँदै गर्दा गोविन्द जस्ता चार हजार नेपालीले केही दिन पर्खने विचार गरे । तर, जसै हवाई हमला शुरू हुन लागेको जनाउ दिने साइरनका आवाज शहरभर गुञ्जन थाल्यो तब उनीहरूलाई भाग्नुको विकल्प छैन भन्ने लाग्यो।
“हामीले सीमा खुला नै रहेको खबर पायौं अनि त ज्यान बचाउन भागिहाल्यौं,” गोविन्दले भने। तर, सीमामा लामो समय कुर्नुपर्छ भन्ने त उनीहरूले त्यहीं पुगेपछि मात्र थाहा पाए।
खचाखच भरिएको ट्रेनमा उनीहरू साँझ ७ बजे चढे। त्यहाँबाट अर्को शहर लिइभमा पुगे। लिइभबाट एउटा बस चढेर अघि बढे। बसको यात्रापछि उनीहरूले एउटा ट्याक्सीको सहायतामा सीमाभन्दा २५ किलोमिटर वरसम्म पुगे। त्योभन्दा उता भने उनीहरू जान सकेनन् किनभने घण्टौंको ट्राफिक जाम थियो।
गाडीमा बाटो छिचोलिने सम्भावना शून्य भएपछि उनीहरूका लागि हिंड्नुको विकल्प थिएन। कठ्याङ्ग्रिंदो चिसोमा उनीहरू पैदलै सीमातर्फ अघि बढे। यद्यपि, भोलिपल्टको बेलुका ६ बजेतिर मात्र सीमा पुगे। उनीहरू कति थाके भने आफूसँग भएको झोला पनि घिसार्न सकेनन्। बाटोछेउमै छोडिदिए।
सङ्कटको यस घडीमा पाइला पाइलामा जीवनले परीक्षा लिइरहेको थियो। गोविन्द र उनीहरूका साथीहरूले सीमा पार गर्न ठिहिर्याउने चिसोमा २४ घण्टा कुर्नुपर्यो।
सीमा पार गर्नका लागि युक्रेनीहरूले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेका थिए। त्यसपछिको पालो यूरोपेली युनियनका सदस्य मुलुकका नागरिकले पाए। त्यसपछिको पालो अन्य विदेशीको थियो। अफ्रिकी र एशियाली मूलका विद्यार्थी र कामदारको पालो त अन्तिमतिर मात्र आयो।
“सीमा पार गर्ने क्रममा हामीले धेरै नै जातीय विभेदको सामना गर्नुपर्यो,” गोविन्दले भने।
“हामी सबै भोक र थकानले ग्रस्त थियौं। सबैलाई कहिले उम्कन पाइएला जस्तो लागेको थियो। जे भए पनि हामी त उम्कन पायौं, तर अरू धेरैले त्यो सुविधा पाएनन्। युक्रेनमा रहँदा बस्दा म युक्रेनसँग नजिकिएको रहेछु,” गोविन्दले भने, “त्यहाँ भएका मान्छेहरूमाथि के भइरहेको होला भन्ने चिन्ताले म अहिले पनि व्याकुल छु।”
उता पोल्यान्डको सीमा सेमेसोलमा तैनाथ अधिकारीहरूले भिसा विना आएका व्यक्तिहरूलाई छिर्न दिइरहेका थिएनन्। तर, जसै भीड बढ्दै गयो तब उनीहरूले सबैलाई एक महीनाको प्रवेशाज्ञाको छाप लगाउँदै छिर्न दिए।
“पोल्यान्डमा हामीलाई खाना पनि दिइयो र राजधानीसम्म जाने गाडी सुविधा पनि उपलब्ध गराइयो। यो हाम्रो लागि न्यानो आतिथ्य सरह भयो,” गोविन्दले भने।
गोविन्द र अन्य नेपालीहरू सीमामा अलपत्र परेको वेला गैरआवासीय नेपाली संघका ईश्वर देवकोटाको मोबाइल बज्यो। उनलाई युक्रेनमा फसेका एक नेपाली विद्यार्थीले फोन गरेका रहेछन्, जो सात घण्टाको गाडीको यात्रापछि सेमेसोल आइपुगेका थिए। अवस्था भद्रगोल थियो। ती नेपाली विद्यार्थीलाई पोल्यान्ड प्रवेशका लागि सीमामा तैनाथ सुरक्षा अधिकारीहरूलाई अनेकौं बिन्तीभाउ गर्दा पनि उनीहरूको केही सीप लागेन।
“आफूले सकेको गर्दा पनि हाम्रो केही सीप लागेन र त्यसै फर्कनुपर्यो,” पोल्यान्डको राजधानी तथा ठूलो शहर वार्सामा रेस्टुरेन्ट चलाइरहेका देवकोटाले भने।
पाँच दिनमा युक्रेनबाट भागेर वार्सा आएका दुई सयभन्दा बढी नेपालीहरूलाई गैरआवासीय नेपाली संघले हेरचाह गरिरहेको छ। तिनमा अधिकांश महिला छन्।
“हामीले एउटा होस्टेल भाडामा लिएका छौं र यहाँ रहेका अन्य नेपालीसँग सहयोग उठाइरहेका छौं,” देवकोटाले फोनमा भने, “तर यो युद्ध त लामो समय लम्बिने देखिन्छ र दीर्घकालसम्म के गर्ने भन्ने रणनीति बनाउनुपर्छ।” उनले काठमाडौंका रहेका सरकारी अधिकारीलाई समस्या समाधानका लागि तत्काल कदम उठाउन आग्रह गरे।
बर्लिनको दूतावासमा खटिएका नेपाली राजदूत रामकाजी खड्का आफैं नै युक्रेनको सीमामा फसेका नेपालीहरूलाई उद्धार गर्न सकिन्छ कि भनेर सीमा क्षेत्रमा गइरहेका छन्। सीमामा फसेका शरणार्थीहरूसँग खाना र पैसा सकिंदै गएपछि त्यहाँ रहेको नेपालीहरू लुटिन सक्ने त्रासमा छन्।
झण्डै एक दर्जन जति नेपाली स्लोभाकियामा शरण लिन सफल भएका छन्। गैरआवासीय नेपाली संघको उद्धार समितिको युरोप क्षेत्रका एक सदस्य जयप्रसाद सिवाकोटीले स्लोभाकियाको राजधानी ब्राटिसलाभामा भएको आफ्नो रेस्टुरेन्ट बन्द गरेर नेपालीहरूलाई खान बस्न दिएका छन्। त्यस्तै, रोमानियातर्फ ७० भन्दा बढी नेपाली प्रवेश गरेका छन्।
युक्रेनमै फसेका नेपालीहरू भने रसियाले हमला तीव्र बनाउँदा त्रसित छन्। त्यसरी फस्नेहरूमा विद्यार्थी तथा गोविन्द जस्तै कामदार छन्।
“म जसोतसो युक्रेनबाट फुत्केर आएँ, तर भविष्य के हुने हो भन्ने अन्योलमा छु,” गोविन्दले हिमालखबरसँग फोनमा भने।
“नेपाल फर्कनु पनि तत्कालको विकल्प होइन। त्यसमाथि दूतावासले हामीहरू आफैंले हवाई टिकट काट्नुपर्छ भनेको छ। अब यहाँ बसुन्जेल केही काम गर्न पाइन्छ कि भन्ने आश छ,” उनले भने।
गोविन्दले यूरोप जान बिचौलियालाई झण्डै आठ लाख रुपैयाँ बुझाए, तर उनको गन्तव्य युक्रेन बन्यो। “मैले पहिला कहिल्यै युक्रेन भन्ने देशको नामै सुनेको थिइनँ। गुगलमा सर्च गर्दा युक्रेन साह्रै गएगुज्रेको देश जस्तो पनि लागेन। जे भए पनि यूरोप भनेको यूरोप नै हो भन्ने लाग्यो,” गाविन्दले भने।
उनी भाषा सिक्ने निहुँमा विद्यार्थी भिसामा युक्रेन छिरे। खासमा त्यो त युक्रेन पस्ने निहुँ मात्र थियो। उनले भाषा कक्षा छोडिदिए अनि एउटा प्रसिद्ध खाना पस्कने रेस्टुरेन्टमा काम थाले। पछि उनले कुरियर कम्पनीमा काम पाए जहाँ उनको तलब महीनाको पाँच सय अमेरिकी डलर थियो।
गोविन्द जस्तै युक्रेन पुगेका अर्का नेपाली प्रकाशले हाललाई त युद्धग्रस्त युक्रेनबाट फुत्कन पाउनु नै ठूलो कुरा भएको बताए। “अहिले त हामीले दिनमा एक पटक मात्र खान पाएका छौं,” उनले भने, “भोलि के होला हेर्दै छौं। अनुमति पाइयो भने त काम पनि गरौंला।”
युक्रेन आउनुअघि प्रकाश मलेशियामा काम गरिरहेका थिए। बिचौलियालाई झण्डै १४ लाख रुपैयाँ बुझाएर यूरोप जाने उनको योजना युक्रेनमा आएर अड्कियो। युक्रेन पुगेपछि उनले के थाहा पाए भने यूरोप छिर्न त्यति सजिलो रहेनछ। उनले महिनाको आठ सय अमेरिकी डलर कमाइरहेका थिए र त्यही कमाइले युक्रेन आउँदाको ऋण तिरिरहेका थिए।
“यदि म नेपालै गएँ भने पनि ऋण त तिर्नु नै छ। त्यही ऋण तिर्न पनि विदेश काम गर्न जानुको विकल्प छैन,” उनले भने। -हिमाल खबर
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव