
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो। यसबारे कन्सलटेन्ट रेडियोलोजिष्ट डा. आवेश कोइरालासँग गरिएको कुराकानी।
फेटल इको कार्डियोग्राफी भनेको के हो?
यो एक प्रकारको अल्ट्रा साउन्ड हो, जुन गर्भवती महिलाले गर्भ रहेको १८देखि २२ हप्तासम्म गर्नुपर्छ। यसबाट भ्रुणको मुटुमा केही समस्या छ कि छैन भन्ने थाहा पाइन्छ। त्यसैगरी मुटुमा अस्वभाविक प्वाल छ कि छैन भन्ने पनि जानकारी हुन्छ। यो एकदमै सरल र सुरक्षित प्रविधि हो। यसबाहेक भ्रुणको मुटुमा जोडिएको र फोक्सोसहित शरीरको विभिन्न भागमा जाने रगतको ठूलो नलीमा समस्या भए नभएको पनि पत्ता लाग्छ। यति मात्र नभइ भ्रुणको मुटुमा पानी जम्ने समस्या छ भने पनि पत्ता लाग्छ। यस्ता समस्याको समयमा नै उपचार सम्भव हुन सक्छ।
सबै गर्भवती महिलाले फेटल कार्डियोग्राफी सेवा लिन जरुरी छ?
विशेषगरी, परिवारका अन्य सदस्यमा पहिला नै मुटुको समस्या देखिएका ३० वर्ष उमेरभन्दा माथिका गर्भवतीको जाँच अनिवार्य हुन्छ। त्यस्तो महिलाले अनिवार्य फेटल कार्डियोलोजी सेवा लिन जरुरी छ। धेरै पटक गर्भपतन भइसकेका महिलाले पनि अल्ट्रा साउन्ड गर्न आवश्यक हुन्छ।
नेपालको सन्दर्भमा यो अल्ट्रा साउन्ड कति उपयोगी छ?
नेपालको कुरा गर्दा विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवतीका लागि यो अल्ट्रा साउन्ड अझ जरुरी देखिन्छ। किनभने, नेपालजस्तो विकासोन्मुख देशमा भ्रुण अवस्थामा नै समस्या आएको छ र त्यसबारे परिवारका मानिसहरुलाई पर्याप्त जानकारी छैन। गर्भमा रहेको शिशु र आमाको सुत्केरी अवस्थामा ज्यान जान पनि सक्छ। त्यही भएर अल्ट्रा साउन्डबाट गर्भवतीले आफ्नो गर्भमा आएको भ्रुणको अवस्था परीक्षण गराउनु पर्छ। यसले सुरक्षित सुत्केरी गराउन सहयोग गर्छ।
यो अल्ट्रासाउन्ड कतिको खर्चिलो छ?
यो सेवा साधारण भिडियो एक्स–रेभन्दा केही महँगो छ। तर, सर्वसाधारणले व्यहोर्नै नसक्ने खर्चिलो छैन।
यस्तो अल्ट्रासाउन्ड गर्भवतीले कतिपटक गर्न आवश्यक छ?
गर्भवतीले एक पटक गरे पुग्छ। तर, कहिलेकाँही भ्रुण घोप्टो परेर बसेको अवस्थामा वा अन्य जटिल समस्या हुँदा एक पटकभन्दा बढी गर्नुपर्ने अवस्था आउन पनि सक्छ। सन् २०१६मा बासँबारीस्थित गंगालाल अस्पतालले २५१ जना गर्भवतीमा अनुसन्धान गर्दा १५ प्रतिशतको भ्रुणमा मुटुको केही न केही समस्या देखिएको थियो। हुन त धेरै जस्तो विकसित देशमा अस्पतालले गर्भवतीलाई अनिवार्य चेक जाँच गराएका हुन्छन्। तर, हाम्रो देशमा यो विषयबारे धेरै अस्पतालमा प्रचार प्रसार नै भएको छैन। जसले गर्दा शिशु जन्मिसकेपछि विभिन्न समस्या देखिने गरेको छ। यदि भ्रुणकै अवस्थामा कुनै गम्भीर समस्या देखिए सुत्केरी गराउनुअघि पूर्वतयारी गर्न सकिन्छ। अझ गर्भमा नै भ्रुणको उपचारसमेत गर्न सकिन्छ। -स्वास्थ्य खबर
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ