
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
विमल विष्ट
डोटी । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ ।
डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्धा चल्ने भएको छ ।
प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्धा दर्ता भएको हो । प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती बालिकाको अकालमा ज्यान जान सक्ने खतरा थियो ।
पीडित बालिकाका पिताले भन्नुभयो, “सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल)ले रुखमा झुण्डाएको अवस्थामा भेटेँ । हतारहतार गएर दोपट्टा काटेर बचायौँ ।”
पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बालिकाको होस आएपछि आज बल्ल बलात्कारको मुद्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ । “नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भन्नुभयो, “हामीले छिटो न्याय पाउनुपर्छ । दोषीलाई कडा कारबाही हुनुपर्छ ।”
बालिकाको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालिकाको घाटीमा फाँसी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्धा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।”
निज प्रहरी जवानले बालिकालाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि निलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित बालिकाले आरोप लगाएकी छिन् ।
चालु आर्थिक वर्षको यही कात्तिक १७ गतेसम्म जिल्लामा कूल छ वटा र गत आर्थिक वर्षमा सात वटा बलात्कारका घटनामा अनुसन्धान भई मुद्धा चलाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । ती सबै घटनामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेश गरी पूर्पक्षका लागि पीडकहरु कारागार चलान भएका छन् । विगतमा गाउँगाउँमा प्रहरी चौकी नहुने भएकाले उजुरी नआउने तथा घटना सार्वजनिक नहुने भएकाले पछिल्लो समयमा बलात्कारका घटनामा वृद्धि हुँदै आएको प्रहरीले जनाएको छ ।
जघन्य अपराधबाहेकका सामाजिक झैँ झगडा र विवादमा विषय स्थानीय तहका स्थानीय न्यायिक समितिका इजलाशमा बहश भई निर्णय हुने गरेका छन् । सक्रियता र प्रभावकारिताका दृष्टिमा जिल्लाको जोरायल गाउँपालिकाको स्थानीय न्यायिक समिति सुदूरपश्चिम प्रदेशकै नमूना न्यायिक समिति मानिन्छ । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी