News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज राजनीति समाचार

प्रहरी कार्यालय भवन समयमै बनाउन निर्देशन

दमौली ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको बन्दीपुरमा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको आज अनुगमन गर्नुभएको छ । हालसम्मको प्रगति विवरण बुझ्नका मन्त्री चुमानले भवनको अनुगमन गर्नुभएको हो ।

अनुगमनपछि मन्त्री चुमानले समयमै गुणस्तरीय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।  विसं २०७६ फागुन १७ गते सम्झौता भएको भवन २०७७ फागुन १७ गतेभित्र सम्पन्न गर्ने म्याद रहेको छ । रु तीन करोड ३२ लाखमा काभ्रेस्थित ब्राइट मल्टि कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।

प्रदेश सरकारले बन्दीपुरका साथै आँबुखैरेनी र घिरिङमा पनि प्रहरी कार्यालयको भवनका लागि बजेट विनियोजन गरेको मन्त्री चुमानले बताउनुभयो ।