News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

डनन्यूज ट्रेन्डिङ