
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
ध्रुवसागर शर्मा
गलेश्वर,२९ असोज । नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको सङ्केत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् ।
पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताउनुभयो । “घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो”, हुमेनले भन्नुभयो । आजभोलिजस्तो सङ्गीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैँको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उहाँको भनाइ छ ।
सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताउनुभयो । पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उहाँको भनाइ छ ।
केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउनुहुन्छ । किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ ।
त्यसैगरी दशैँमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चङ्गा पछिल्लो समय खुला आकाशमा रङ्गमय चङ्गा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताउनुभयो । अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चङगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् । अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइरहेको छ ।
दशैँलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चङ्गा उडाउने पर्वका रूपमा मानिन्छ । केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चङ्गा उडेको दृश्य देखिन्थ्यो तर योपटकको दशैँमा एउटै चङ्गा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताउनुभयो ।
मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चङ्गा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चङ्गा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चङ्गा उडाउँदा दुर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताउनुभयो । अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !