
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८.५३ अङ्कले ओरालो लागेर दुई हजार ६६२.५८ मा ओर्लिएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९६ अङ्कले ओरालो लागेर ४९९.७८ मा ओर्लिएको हो ।
नेप्सेका ओरालो यात्रासँगै कारोबार रकमसमेत खुम्चिएको छ । कूल २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २७ अर्ब ५५ करोड २५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । वित्त ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी कोष ०.११ अङ्कले घटेको छ । बैंकिङ ६.३३, व्यापार १४.३७, होटल तथा पर्यटन ५८.४, विकास बैंक ५८.०२, जलविद्यसत् ३३.०५, निर्जीवन बीमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी ०.६१ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु १८ करोड ९३ लाख ४९ हजार ४१५ बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु १८ करोड ३८ लाख ८३ हजार ९०५, नेपाल बङ्गलादेश बैंक रु १५ करोड २७ लाख ३५ हजार ९२६, हिमालयन डिस्टिलरी रु १३ करोड २५ लाख ३९ हजार ३३२ र नबिल बैंक रु ११ करोड ४७ लाख ५५ हजार ८७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मैलुङखोला जलविद्युत् कम्पनी ९.९८, जीवन विकास लघुवित्र ९.५०, महिला लघुवित्त ९.३७, सर्पोट माइक्रोफाइनान्स ७.८०, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.७३ प्रतिशतले कमाए । शिवम् सिमेन्ट ६.४६, माउण्टेन हाइड्रो ६.४४, रिडी हाइड्रोपावर ६.४२, आशा लघुवित्त ५.७५ र सिटिजन बैंकका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाए ।