
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २० असोज । नेपाल बजार बिक्री प्रतिनिधि संघ र एनटिपी टुरिजम अफयर्स कलेज काठमाडौंबीच सहकार्य गर्दै अघि बढ्ने विषयमा आज बुधबार सहमति भएको छ । बजार बिक्री प्रतिनिधि संघका सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा वैयक्तिक विकासका लागि शैक्षिक कार्यक्रमहरुमा विशेष सहुलियत उपलब्ध हुने भएको छ ।
झण्डै एक दशकदेखि सञ्चालनमा रहेको एनटिपी टुरिजम अफयर्स कलेजले थाईल्याण्डको श्रीपातुम विश्वविद्यालयसँगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धित विषयमा समकक्षताको मान्यता लिएको छ ।
काठमाण्डौंको डिल्लीबजारमा रहेको यस कलेजले स्नातक तहमा होटल म्यानेजमेन्ट तथा स्नाकोत्तर तहमा एमबिए शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ । कलेजले नेपाल नै पहिलोपटक स्ट्राटेजिक मार्केटिंग बिषयमा स्नाकोत्तर तहको व्यापार व्यबस्थापन (एमबिए) शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।
स्ट्राटेजिक मार्केटिंगलाई शुद्ध नेपालीमा भन्नु पर्दा रणनीतिक बजारिकरण वा बजार व्यबस्थापन भनिन्छ । उच्च शिक्षामा यस्तो किसिमको बिशिष्टकृत अध्ययन अध्यापनले बिभिन्न शैक्षिक तथा सामाजिक पृष्ठभूमिबाट बिबिध वस्तु तथा सामग्रीहरुको बजार तथा विक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिबृद्धि हुनुका साथै पेशालाई नै व्यबसायिक र मयार्दित बनाउन मद्दत पुग्ने विश्वास कार्यक्रममा उपस्थित वक्ताले व्यक्त गरेका थिए ।
कलेजसँगको सहकार्यले बिक्री बितरण पेशाकर्मीहरुको वैयक्तिक विकासमा ठुलो सहयोग पुग्नेमा आफु विश्वस्त रहेको संघका केन्द्रिय अध्यक्ष सुर्य प्रसाद पराजुलीले बताए । बजारिकरण हाम्रो समाजको पुरानो पेशा भए पनि पेशाकर्मीहरु नै एक किसिमले अदृश्य रुपमा रहेको बजार र बिक्रीकर्मलाई यस्तो किसीमको प्राज्ञिक सहभागिताले बिशिष्टकृत र बैज्ञानिक बनाउंदै लैजाने एनटिपी टुरिजम अफयर्स कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले प्रतिवद्धता व्यक्त गरे ।