
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीको समृद्धिको लागि पर्यटन मुख्य आधार भएको जिकिर गरे ।
‘दुई ठूला छिमेकीका उत्पादनसँग प्रतिष्पर्धा गर्दै उद्योग चलाउन कठीन छ!,उनले भने,‘उद्योगको विकास हुनैपर्छ तर हाम्रो पहिलो प्राथमिकता पर्यटन नै हो । उनले उत्तर तिब्बत र दक्षिण भारत जोड्ने कोरोला-त्रिवेणी सडक बनेपछि व्यापार बढ्ने विश्वास पनि व्यक्त गरे । गण्डकी प्रदेश सरकारले साना व्यवसायीलाई लक्षित गरी ल्याएको व्यवसाय पुनरुत्थान कोषलाई अझै व्यवस्थित बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गण्डकीमा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गण्डकीका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिलाउन प्रदेश सरकार लागिपरेको बताउँदै खोप पाएसँगै यहाँको पर्यटनले गति लिने आशा व्यक्त गरे । उनले पोखरा– जनकपुर हवाइ सेवा सुरु गर्न पहल गरिएको पनि बताए ।
गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार विकास मैत्री कानून निर्माणसँगै कानून परिमार्जनको लागि क्रियाशिल भएको बताए । उनले अबका केही दिनमा गण्डकी प्रदेशमै निजी फर्म रजिष्ट्रेसनको व्यवस्था मिलाउन लागिएको जानकारी पनि दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशमा राजनीतिक अस्थिरता निम्त्याउनेहरु सक्रिय रहेको जिकिर गर्दै अस्थिर वातावरणमा आर्थिक समृद्धि सम्भव नभएको बताए । उनले आफूलाई अब्बल सावित गर्न गण्डकी प्रदेशले राजश्वका स्रोतहरु बढाउनुपर्ने र लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले राजश्व बढाउनको लागि लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वको क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै कोभिडबाट थलिएका व्यवसायीहरुलाई राज्ययले संरक्षण गर्नुपर्ने माग गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिको पोखरा कस्तो हुने भन्नेबारे अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको भनाइ थियो ।
पोउवा संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै समृद्धि प्राप्त हुने बताए । संघका अर्का पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले आर्थिक गतिविधि बढाउनको लागि वातावरणसँगै पोखराको भौतिक पूर्वाधार सुधारमा हुनुपर्ने धारणा राखे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडले थलिएका पर्यटन व्यवसायीहरुलाई राहत दिन गण्डकीबाटै बिदा पर्यटन सुरु गर्न माग गरे ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघले पोखराको आर्थिक वातावरण चलायमान बनाउन विशेष कार्यक्रम ल्याउन सुझाए । पोउवा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले कोभिडका कारण थलिएको व्यापार/व्यवसायलाई गति दिने कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरे । पश्चिमाञ्चल डिलर्स एसोसियनका अध्यक्ष मोहनबाबु खड्काले अटोमोवाइल्स क्षेत्रले राजश्व दिएको योगदानको चर्चा गर्दै कोभिडका कारण यो क्षेत्र तहसनहस भएको बताए ।
संघको बुधबार नै सम्पन्न बन्द सत्रले महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बलराम आचार्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको संघका उपमहासचिव केशवबहादुर खत्रीले बताए ।
आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित
पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार-२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो ।
संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । पुरस्कारमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । शर्मा कान्तिपुर राष्ट्रिय दैनिकका गण्डकी ब्यूरो प्रमुख हुन् ।
पोखरा उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक २ वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित योग्य पत्रकार छनौट समितिको सिफारिसको आधारमा शर्मा पुरस्कृत भएका हुन् । सो समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी तथा निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ सदस्य रहेका थिए । यसअघि यो पुरस्कारबाट पत्रकारहरु सन्तोष न्यौपाने, रुपनारायण ढकाल र भरत कोइराला सम्मानित भइसकेका छन् ।
लक्ष्मी विद्यापदकबाट विद्यार्थी सम्मानित
नेपालको औद्योगिक घरान लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक २०७८ बाट विद्यार्थीहरु सम्मानित भएका छन् ।
पोउवा संघको ६७ औं साधारण सभाको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर (एमबिएस)मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक-बिबिएस) तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी ममता शाह तथा स्नातक (बिबिए ) तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेण्टकी विनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मानित गरे । अनिलले ५९.५० प्रतिशत,ममताले ७१.८० प्रतिशत र विनुले ३.९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेका हुन् । अनिलले नगद २५ हजार तथा ममता र विनुले नगद १५/१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ ।
उत्कृष्ट बस्तुगत सम्मान पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियनलाई
पोखरा उद्योग वाणिज्य संघले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको ‘पोउवा संघ उत्कृष्ट बस्तुगत संघ सम्मान २०७८’ बाट पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियन सम्मानित भएको छ ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार एसोसियसनलाई सो सम्मानबाट सम्मानित गरेका हुन् । संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा गठित सम्मानयोग्य बस्तुगत संघ चयन समितिको सिफारिसमा सो सम्मान प्रदान गरिएको हो ।
समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति तथा संघका पूर्वकार्यसमिति सदस्य टीकाराम सापकोटा सदस्य रहेका थिए । संघसँग आवद्ध बस्तुगत संघहरुमध्ये गतिविधिका आधारमा हरेक २ वर्षमा सो सम्मान प्रदान गरिँदै आइएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार