News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

दशैँमा बिदामा पनि बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दशैँ बिदामा पनि बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले (फुलकोर्ट) दशैँका बिदामा अतिआवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रासससँग कुरा गर्दै भने, “फूलकोर्टको बैठकले दशैँ बिदामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ ।”

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सो अविधमा बन्दीप्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा भने सुनुवाइ हुनेछ ।

प्रतिक्रिया