
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
सुशीला रेग्मी
हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । आज नवमीको दिन पनि गाउँघर सुनसान छ ।
घटस्थापना शुरु भएपछि गाउँघरमा दशैँ पर्वको छुट्टै रौनक हुन्थ्यो । रोजगार, अध्ययनका साथै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली आफ्ना घर फर्किँदा घरपरिवार तथा गाउँघर नै भरिभराउ हुने गर्दथ्यो । आफन्तमा एक प्रकारको खुसीयाली र उमङ्ग छाउँथ्यो ।
यसपटक भने महामारीको त्रासका कारण बाहिर रहेका नेपाली आफ्नो गाउँघर त्यति फर्किएका छैनन् । गाउँमै भएका नागरिक पनि एक अर्काबीच सँगै रहेर खुसीयाली साट्न नपाउँदा गाउँघर नै सुनसान जस्तै बनेको छ । विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमणले माहामारीको रुप लिँदै गएपछि त्यसको कहरमा हाल नेपाल पनि परेको छ । यसका कारण दशैँको उत्साह र रमाइलोले गाउँघरमा कमैलाई मात्र छोएको छ ।
कोरोनाको जोखिम शहर बजारदेखि गाउँघरमा पनि बढ्दै गएका कारणले यसपटक आफ्नो पुख्र्याैली थलोमा टीका थाप्न नजाने निर्णय गरेको पाल्पा रामपुर नगरपालिका स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्ने शालिकराम कँडेल बताउनुहुन्छ ।
“अरु समय त कामको चापले गर्दा गाउँघर जान भ्याइदैनथ्यो । तर वर्षको एक पटक दशैँको बेला भने हरेक वर्ष घर पुग्ने गरिएको थियो । मान्यजनको हातबाट टीका थाप्न घर पुगिन्थ्यो । तर यसपटक कोरोनाको कारण जन्मथलोमा टीका थाप्न नजाने निर्णय गरेको छु । फोन, ईमेल, ईन्टरनेटबाटै मान्यजनसँग आशिर्वाद लिने बस्ने” उहाँले भन्नुभयो ।
समुदायस्तरमा कोरोनाको जोखिम दिन प्रतिदिन बढेका कारण बाहिर भएका नेपाली पनि गाउँ फर्कने त्रासमा छन् भने गाउँमा बसेका परिवार, आफन्त, छिमेकी पनि बाहिरबाट गाउँ भित्रने नगारिकसँग त्रसित बनेका छन् । आ–आफ्ना काम तथा व्यवसायले शहर बजारमा रहेका नागरिकका बालबालिका दशैँमा आफ्नो गाउँघर पुग्थे र रमाउँथे । जसका कारण यहाँका पर्यटकीयस्थल तथा गाउँका बस्तीमा बालबालिका रमाएको देखिन्थ्यो । त्यो वातावरण यतिबेला देखिएको छैन ।
दशैँ पर्वलाई लक्षित गरी गाउँघरका सडक सरसफाई गर्ने कार्य पनि यसवर्ष खासै देखिएन । दशैँको टीका थाप्न घरबाहेक अन्यत्र आफन्तकहाँ आवतजावत नगर्ने, घरभित्रै बसेर परिवारसँग सीमित रहेर मात्र दशैँ मनाउने तयारी गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ “घरबाट बाहिर निस्कने परिस्थिति छैन, गाउँघरमा पनि दशँैको बिगतका वर्षमा जस्तो उमङ्ग र रौनकता देखिँदैन, यस पटकलाई कोरोनाको कहरले गर्दा घरभित्रका परिवारबीच मात्र सहभागी भएर दशैँ मनाउनेछौँ” ।
अघिल्ला वर्षमा दशैँमा आफन्त, साथीभाईबीच जम्मा भएर रमाइलोका लागि तास खेल्ने, पिङ खेल्ने, घुमफिर गरेर रमाइलो गर्नेको गाउँघरमा निकै उमङ्ग रहन्थ्यो । ग्रामीण भेगका पर्यटकीय क्षेत्रमा दशैँको बेला घुमफिर गर्ने आन्तरिक पर्यटकको भरिभराउँ रहन्थ्यो ।
चाडपर्वलाई लक्षित गरी नयाँ लक्ताकपडा किन्ने, धेरै खर्च गरेर विभिन्न सामान किनमेल गर्ने क्रम पनि यो वर्ष बजारमा खासै देखिएन । बिगतका वर्षमा बजारमा नयाँ कपडा किन्ने, गरगहना किन्ने, घरायसी सजावटका लागि नयाँ नयाँ सामान किनमेल गर्नेको निकै भिड हुन्थ्यो । कोरोनाको कारणले गर्दा बिगतका वर्षको तुलनामा यस वर्ष दशैँको बेलामा निकै कम व्यापार भएको रामपुर बेझाडका व्यापारी बैकुण्ठ अधिकारीले बताउनुभयो ।
भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टीका जमरा लगाई रावणसँग युद्ध लडेमा विजयी हुन्छौँ’ भनेर आशिर्वाद दिनुभएको थियो ।

तस्विरः साभार (गुगल सर्च गरेर राखिएको हाम्रै देशको एक सुन्दर गाउँको तस्विर हो ।)-सम्पादक
आश्विन शुक्ल दशमीका दिन घडाको जलले अभिशेक लिई दुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा लगाई भगवान रामले रावणमाथि विजय प्राप्त गरेका थिए । त्यही दिनदेखि विजया दशमीका नामले यस दिन चामलमा दही र रातो रङ्ग मिसाएर बनाइएको टीका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिएर दशैँ मनाउने चलन छ ।
पर्यटकीय स्थल सुनसान :
दशैँ पर्वका बेला आन्तरिक पर्यटकले खचाखच रहने पाल्पाका विभिन्न पर्यटकीयस्थल यसवर्ष सुनसान छन् । एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा छनौटमा पर्न सफल रामपुरको पर्यटकीय तालपोखरा गतवर्ष पर्यटकको ठूलो भिड लागेपनि अहिले भने सुनसान छ । कोरोनाको विषम परिस्थितीलाई मध्यनजर गर्दै चैतदेखि तालपोखरामा डुङ्गा बन्द गरिएपछि आवतजावत नै बन्द छ । रामपुरकै भुजात सिद्धबाबा, राम्चे भ्युटावर, ज्याग्दी वन, रानीवन तथा बडवान सामुदायिक वन, सीताकुण्ड, रामघाटलगायतका क्षेत्र आन्तरिक पर्यटकको पखाईमा छन् । पाल्पाका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलमा खासै चहलपहल देखिदैन ।
शक्तिपीठमा चहलपहल छैन :
नवदुर्गाका समय विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको निकै घुईंचो लाग्थ्यो । बली चढाउने, पूजाआज गर्नेको भीडले दर्शनार्थीलाई पुजा गर्न निकै सास्ती हुन्थ्यो । अहिले भने कोरोनाको कहरलाई मध्यनजर गर्दै विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको चहलपहल भने देखिँदैन । दशैका बेला शक्तिपीठमा राँगा, बोका, परेवा, हाँस, कुखुरालगायतका विभिन्न पशुपंक्षी बली दिनेको ठूलो तामझाम रहन्थ्यो । गाउँमा अहिले बली दिने र भोज भतेर गरेको पनि देखिँदैन ।
लोप भयो परम्परागत चर्खे पिङ :
गाउँघरमा दशैँ तिहारजस्ता पर्वमा परम्परा देखि नै चलनचल्तीमा आएको चर्खे पिङ लोप हुँदै गएको छ । गाउँमा दशै पर्व शुरु हुनु एक महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुन्थ्यो । अहिले भने परम्परागत चर्खे पिङ बनाउने र खेल्नेको उत्साह नहुदा संस्कृति नै हराउँदै गएको हो ।
झण्डै दुई दशक अघि गाउँ गाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे पनि अहिले पिङको नाम मात्र लिनु परेको बुढापाका बताउँछन् । चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको रामपुरका मित्रलाल ढकाल बताउनुहुन्छ ।
उहाँले आफूले जानेबुझेदेखि नै गाउँका साथीभाई जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकोमा गुनासो गर्नुहुन्छ ।
चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने र यस पिङ्को छुट्टै विशेषता रहेको रामबहादुर सोमैले बताउनुभयो । पहिले चर्खे पिङ नराखेसम्म गाउँघरमा दशैँ पर्वको रौनक नै नहुने सोमै बताउनुहुन्छ ।
कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए ।
पूर्वीपाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ्ग, गल्धालगायतका स्थानमा टाढा टाढाबाट दशैँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो । पछिल्ला वर्षहरुमा यो पिङको चलन हट्दै गएको छ । यसवर्ष त झन् लिङ्गे पिङ नै निकै कम रहेको तथा गाउँघर नै सुनसान बनेको निस्दी गाउँपालिका–१ बाकामलाङ्गका स्थानीय चिन्तामणी पाण्डेयले बताउनुभयो ।
गाउँघरमा चर्खे पिङ मात्र होइन लिङे पिङ पनि कमै मात्रामा देख्न पाइन्छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङे पिङ राख्ने गरेको पाइए पनि पहिले जस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यस पटक भने रौनक छैन ।
युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैँ पर्वले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा पनि स्थानीयको सहभागिता देखिँदैन ।
आजभोलिको युवापुस्ताको पनि पिङप्रति त्यति आकर्षण छैन । साना बच्चाका लागि बजारमा आएका प्लाष्टिकको डोरी बाँधेर घर घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । तर बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय रामपुर क्षेत्रमा बिस्तरै कम हुँदै गएको छ ।
गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङ्गे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाई भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जादा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति पनि लोप हुँदै गएको देखिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा