
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिदैंछन् । प्रतिनिधि सभाको कार्यव्यवस्था पराशर्म समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया आजै सक्ने सहमति गरेको छ ।
यता, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयमा नेकपा एमाले विच व्यापक मतभेद देखा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेर देउवालाई विश्वासको मत नदिने अडान दोहो¥याएका छन् । पार्टीको निर्णय विपरित विश्वासको मत दिने एमालेमा रहन नसक्ने ओली पक्षको भनाई छ ।
सर्वोच्च अदालतको असार २८ गतेको फैसलापछि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका नेता माधवकुमार नेपालले कसैले साथ नदिए एक्लै भए पनि प्रधानमन्त्री देउवालाई समर्थन गर्ने र अघि बढ्ने घोषणा गरिसकेका छन् ।
अर्कोतर्फ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाटै विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् । विज्ञप्ति मार्फत् खनालले भनेका छन्–‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभईकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आभार गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकार कैं पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत् प्रष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री देउवाले आज लिन लाग्नु भएको विश्वासको मतका कारण सबैभन्दा बढि तरंगित नेकपा एमाले भएको छ । नेकपा एमालेका प्रवक्ता एवं ओली पक्षका नेता प्रदीप ज्ञवालीले संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा पार्टीले कडा निर्णय गर्ने र मत दिनेहरु एमालेमा नरहने प्रष्ट पारेका छन् ।
चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन् । सिंहखरबारस्थित संसद् सचिवालयमा बसेको बैठकले प्रतिनिधि सभाको आजबाट सुरु हुने अधिवेशनको दोस्रो बैठकमा विश्वासको मत लिने प्रक्रिया सुरु गरी आजै सक्ने निर्णय लिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय