
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्त एआइजी हरि पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।
बरामद भएको युरेनियमको मूल्य करिब ५/६ अर्ब रहेको महानगरीय प्रहरी आयुक्त एआइजी पालले जानकारी दिनुभयो । प्रहरीले आफैं कारोबारी बनेर ती व्यक्तिहरुसँग डेढ अर्बमा युरेनियम किन्ने डिल गरेको थियो ।
डिल गरेपछि उनीहरुबाट प्रहरीले नमूना लिई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाएर परिक्षण गर्दा प्रशोधन नगरिएको युरेनियम भएको पुष्टि भएको थियो । प्रहरीले विशेष सूचनाको आधारमा बौद्धस्थित एक पुरानो घरमा राखेको अवस्थामा युरेनियम भेटेको थियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको छ । यसरी पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
बरामद गरिएको वस्तु परिक्षण गर्दा प्रशोधन नगरिएको युरेनियम भएको पुष्टि भएको एआईजी पालले बताउनुभयो । प्रहरीका अनुसार युरेनियम दुईप्रकारको हुने र त्यस मध्ये यो प्रशोधन नगरिएको (काँचो) भन्ने रहेको छ । युरेनियमसहित पक्राउ गरिएको चारजनालाई प्रहरीले पाँच दिनको म्याद थपेर विस्फोटक पदार्थसम्बन्धी ऐन अनुसार कारवाही अगाडि बढाएको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार