
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताउनुभएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताउनुभएको हो ।
“कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उहाँको भनाइ थियो ।
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि सरकारमा जानुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा जान नहुने बताउनुभयो ।
केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानले दिएको अधिकारअनुरुप नै कांग्रेस संसद्मा प्रस्तुत हुने बताउनुभयो । कांग्रेस नेता दीपक खड्काले वर्तमान सरकारले लोकतन्त्र र संविधानलाई धरापमा पार्दै लगेको भन्दै यसको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, धनराज गुरुङ, एनपी साउदलगायतले नेकपाको आन्तरिक झगडाका कारण मुलुक सङ्कटमा परेको बताउनुभएको थियो । एशोसियशनका अध्यक्ष योगेन्द्र अधिकारीले कांग्रेसले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे पार्टीभित्र व्यापक छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।