
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौँ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो ।
बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको शेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार पूर्वाधार बैंकको शेयरमा तीव्र उतारचढाव देखा परेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अङ्कले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर ४६१.८१ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर रु छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोवार भयो ।
कारोबार भएका अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बीमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बीमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ९० करोड ३५ लाख ६७ हजार ५७७ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २१ करोड ६० लाख ५३ हजार ६१, नेशनल हाइड्रो पावर रु २१ करोड २६ लाख ७१ हजार ४८४, नेपाल बैंक रु २१ करोड १३ लाख ९४ हजार ७८८, एनआइसी एशिया बैंक रु २० करोड ४० लाख ४६ हजार ७०२, नेको इन्स्योरेन्स रु १८ करोड ३४ लाख ४३ हजार ५१३, ग्लोबल आइएमई बैंक रु १७ करोड ३० लाख ९० हजार ९२१, हिमालयन डिस्टिलरी रु १२ करोड ६३ लाख ५६ हजार ७०१ र नेपाल लाइफ इन्स्योरेन्स रु १२ करोड ३३ लाख ३६ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ८.२२, सिटिजन म्युचुअल फण्ड ३.३३, सानिमा लार्ज क्याप फण्ड २.९०, एभरेष्ट बैंक २.८८, मेरो माइक्रोफाइनान्स १.६०, र ओरियण्टल होटलका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए ।
यो साता सनराइज फस्ट म्युचुअल फण्ड ६.८४, शिवश्री हाइड्रोपावर ५.५३, आइएमई जनरल इन्स्योरेन्स ५.४५, समृद्धि फाइनान्स ४.७८, माउण्टेन हाइड्रो ४.१८, गुडविल फाइनान्स ४.०४, लिवर्टी इनर्जी ३.९१ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन् ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर