
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका एक शिक्षक आफ्नै छात्रामाथि जबरजस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिने क्रममा शिक्षक शिरिषकुमार वस्ताकोटीले जबरजस्ती करणीको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले दिएको जाहेरी अनुसार अमर्यादितरुपमा परीक्षा सञ्चालन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र निरीक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान कैं क्रममा अमर्यादित रुपमा सञ्चालित परीक्षामा सहभागी एक छात्रालाई समेत थुनामा राखी अनुसन्धान गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जाहेरी अनुसार कास्की जिल्ला अदालतले थुनछेक आदेश जारी गरेको थियो । जसमा प्रधानाध्यापक सूर्य तिवारी ५० हजार रुपैयाँ र सहकेन्द्राध्यक्ष घनश्याम रेग्मीले एकलाख ५० हजार रुपैयाँ धरौंटी राखेर थुनामुक्त भएका थिए । होटलमा लगेर परीक्षा लिने शिक्षक तथा परीक्षा निरीक्षक शिरिषकुमार वस्ताकोटीलाई अदालतले एकलाख ५० हजार रुपैयाँ धरौंटी माग गरेको थियो । त्यसैगरी परीक्षामा संलग्न छात्राले पनि ५० हजार रुपैयाँ धरौंटी राखेर थुनामुक्त भएकी छिन् । अन्य तीनजना धरौंटीमा रिहा भए पनि जबरजस्ती करणी उद्योग मुद्दामा शिक्षक वस्ताकोटी भने कारागार चलान भएका छन् ।
गत मंसिर १२ गते कक्षा ११ की ती छात्राले अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षा रुपा गाउँपालिका वडा नं. ६ स्थित केसी रेष्टुरेण्टमा लगी रुममा बसेर साँझ अबेरसम्म दिएकी थिईन् । शिक्षक शिरिष कुमार बस्ताकोटीले ती छात्रालाई होटलको एक कोठामा राखेर आफूले रक्सी र मासु खाँदै परीक्षा लिएको आफैंले विभिन्न सञ्चारमाध्यमहरुमा स्वीकार गरेका थिए । यस घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा ती शिक्षकले छात्रामाथि बलात्कारको प्रयास गरेको पुष्टि भएको थियो । सोही अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले पीडित छात्राको उजुरीमा शिक्षक वस्ताकोटीलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरीले नेपाल सरकार वादी र र प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी, शिक्षक शिरिषकुमार वस्ताकोटी र एक छात्रासमेत प्रतिवादी रहेको अमर्यादितरुपमा परीक्षा सञ्चालनसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट माघ २९ गते थुनछेक आदेश भएको थियो ।
थुनछेक आदेशमा परीक्षाको केन्द्राध्यक्ष सूर्य तिवारी तथा सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी रहेको र परीक्षा सम्बन्धी सम्पूर्ण व्यवस्थापकीय जिम्मा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको रहने प्रष्ट उल्लेख छ ।
यस घटनामा सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीको योजना मुताबिक शिक्षक शिरिषकुमार वस्ताकोटीले ती छात्रालाई रुपा गाउँपालिका वडा नं. ६ स्थित केसी रेष्टुरेण्टमा लगी परीक्षा लिएको बयान अदालतमा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद दवाडी, सदस्य महेश्वर पोखरेल तथा घटनाविवरण कागजसमेतका मिसिल संलग्न हालसम्म प्राप्त सम्पूर्ण कागज प्रमाणहरुको आधारमा सम्पूर्ण प्रतिवादीहरु हालैको अवस्थामा निर्दोष रहेछन् भन्न सकिने अवस्था नदेखिँदा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को अवस्था विद्यमान देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई नगद धरौंटी, बैंक ग्यारेण्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए तारेखमा राख्नु र दिन नसके कानुन बमोजिमको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाउनु भनी अदालतले आदेश दिएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ