
१रगतले लेखिएको क्रान्ति : जेन-जीको विद्रोह, सत्ताको लुटतन्त्र
२आगजनी र तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
३जेन-जी शहीदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
४जेन-जी आन्दोलनबारे शोक दिवसदेखि क्षतिपूर्तिसम्म
५समाधान दैनिकको ठगीधन्दा र रुन्चे रोदन
६जेन–जी आन्दोलन : ७२ को मृत्यु, १५ जना आइसियूमा
७पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी नियुक्त
८सुशीला कार्की बनिन् पहिलो महिला प्रधानमन्त्री
९फरार कैदीहरु कास्कीमा स्वस्फूर्त फर्किन थाले
१०जेन–जी आन्दोलनका योद्धा अनिष सापकोटाको जीवन रक्षाका लागि सहयोगको अपिल
११सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख प्रस्ताव गर्दै जेन–जी गण्डकी प्रदेशको ११ बुँदे माग
१२लेकसाइडको अंशुभरा स्क्वायरमा आगजनीमा मृत्यु भएकी युवती दोलखाकी स्वस्थानी खड्का
१न्यायालयको सेटिङले सहकारी पीडितमाथि झनैं प्रहार !
२गायक प्रशान्त पौडेलको नयाँ गीतको म्युजिक भिडियो भदौं १३ मा रिलिज हुने
३मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा
४पूर्वप्रेमीबाट मारिईन् रुबी साह, पूर्वप्रेमीको पनि दर्दनाक मृत्यु
५घरेलु मदिरालाई कानुनी मान्यता
६को हुन् त जानुका पराजुली अधिकारी ?
७अस्पताल व्यवस्थापन समितिहरू विघटन, नयाँ मापदण्ड लागू
८स्याङ्जामा कुटपिट र गाडी तोडफोड गर्ने दुईजना पक्राउ
९अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ
१०झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट
११इन्द्रपुरी मार्गमा लागूऔषधसहित रमेश थापा पक्राउ
१२बाग्लुङ बसपार्कमा अनैतिक गतिविधि सञ्चालन गर्ने १९ जना पक्राउ
वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । “वालिङ–८ छेउडाँडामा रहेको ‘छेउडाँडा शिल्पकला समूह’ लाई दुनाटपरी बनाउने तालीम तथा मेशिन हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “मेसिनको प्रयोगले छोटो समयमै धेरै दुनाटपरी बनाउन सकिने भएको छ ।” प्लाष्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी दुनाटपरी उद्योग स्थापना गरी व्यावसायिक उत्पादन थालिएको उहाँले बताउनुभयो ।
“हाम्रो समाजमा विवाह, व्रतबन्ध र पूजाआजामा दुनाटपरीको प्रयोग गर्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो समय यसको प्रयोग हराउँदै गएको छ, यसलाई पुनः प्रयोग गर्न सकेमा जङ्गलमा त्यसै खेर गइरहेका पातबाट लाखौँ आम्दानी गर्न सकिन्छ ।” कोभिड–१९ को प्रभावका कारण धेरैको रोजगारी गुमेका बेला यहाँ उत्पादन भएका दुनाटपरीको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिकरुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताउनुभयो । सामूहिकरुपमा व्यवसाय थाल्दा काम गर्न पनि सहज र आम्दानी पनि लिन सकिने भएकाले यहाँका महिला दिदीबहिनीको आर्थिकस्तर उकास्नमा सघाउ पुग्ने दाबी रनपालको छ । “जन्म, मृत्यु तथा अन्य शुभ कार्यमा प्रयोग गरिने दुनाटपरी बनाउने सीपलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा विस्तार गर्ने उद्देश्य हाम्रो छ”, रनपालले भन्नुभयो, “तालीमपश्चात उद्योग स्थापना भएकाले यहाँका महिला दिदीबहिनी व्यावसायिक उत्पादनका लागि उत्साहित र आकर्षित हुनुभएको छ ।”
पछिल्लो समय परम्परागत दुनाटपरीलाई प्लाष्टिकजन्य वस्तुले विस्थापित गर्दै गई्रहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यावसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो । साना साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उहाँले बताउनुभयो । यहाँका ३० महिलाले सामूहिकरुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् ।