
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । “वालिङ–८ छेउडाँडामा रहेको ‘छेउडाँडा शिल्पकला समूह’ लाई दुनाटपरी बनाउने तालीम तथा मेशिन हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “मेसिनको प्रयोगले छोटो समयमै धेरै दुनाटपरी बनाउन सकिने भएको छ ।” प्लाष्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी दुनाटपरी उद्योग स्थापना गरी व्यावसायिक उत्पादन थालिएको उहाँले बताउनुभयो ।
“हाम्रो समाजमा विवाह, व्रतबन्ध र पूजाआजामा दुनाटपरीको प्रयोग गर्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो समय यसको प्रयोग हराउँदै गएको छ, यसलाई पुनः प्रयोग गर्न सकेमा जङ्गलमा त्यसै खेर गइरहेका पातबाट लाखौँ आम्दानी गर्न सकिन्छ ।” कोभिड–१९ को प्रभावका कारण धेरैको रोजगारी गुमेका बेला यहाँ उत्पादन भएका दुनाटपरीको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिकरुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताउनुभयो । सामूहिकरुपमा व्यवसाय थाल्दा काम गर्न पनि सहज र आम्दानी पनि लिन सकिने भएकाले यहाँका महिला दिदीबहिनीको आर्थिकस्तर उकास्नमा सघाउ पुग्ने दाबी रनपालको छ । “जन्म, मृत्यु तथा अन्य शुभ कार्यमा प्रयोग गरिने दुनाटपरी बनाउने सीपलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा विस्तार गर्ने उद्देश्य हाम्रो छ”, रनपालले भन्नुभयो, “तालीमपश्चात उद्योग स्थापना भएकाले यहाँका महिला दिदीबहिनी व्यावसायिक उत्पादनका लागि उत्साहित र आकर्षित हुनुभएको छ ।”
पछिल्लो समय परम्परागत दुनाटपरीलाई प्लाष्टिकजन्य वस्तुले विस्थापित गर्दै गई्रहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यावसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो । साना साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उहाँले बताउनुभयो । यहाँका ३० महिलाले सामूहिकरुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् ।