
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वासुदेव पौडेल
पोखरा। तीन दशकअघि पोखरा महानगरपालिका–३३ बाघमारामा मास र पिँडालुको राम्रो खेती हुन्थ्यो । यहाँको मास र पिँडालु छिमेकी स्याङ्जा तनहुँ, गोरखा, लम्जुङ, पर्वत, बाग्लुङ आदि जिल्ला पनि पुग्थ्यो ।
समयले कोल्टे फेरेसँगै यहाँका कृषिजन्य उत्पादनमा परिवर्तन आएको छ । मास र पिँडालु छोडेर गोलेभेँडा खेतीमा लागेका यहाँका कृषकले डेढ दशकसम्म पाखामा सुन्तला र पाटनमा गोलभेँडा खेतीबाट राम्रो आम्दानी गरे । यहाँको सुन्तला र गोलभेँडा नेपालका प्रमुख शहर चितवन, काठमाडौँलगायत स्थानमा पुग्यो । छुट्टै पहिचान बनेको गोलभेँडा खेती कम हुन थालेसँगै दशकयता यहाँका कृषक गाईभैँसीपालनसँगै लहरे तरकारी खेतीतर्फ आकर्षित छन् ।
शहरीकरणसँगै मुलुकका अधिकांश स्थानमा कृषिको महत्व बढेको बेला यहाँ पनि व्यावसायिक कृषिका क्रियाकलाप बढिरहेको यहाँका आचार्य गाई फार्म तथा अग्र्यानिक कृषि फार्म सञ्चालक ठाकुरप्रसाद आचार्य बताउनुहुन्छ । यहाँ तीन दशकदेखि व्यावसायिक कृषि कार्य भएको बताउँदै उहाँले यस समयावधिमा भएका खेती एकपछि अर्को गर्दै परिवर्तन भइरहेको बताउनुहुन्छ । व्यावसायिकतासँगै दूध उत्पादनमा अग्रणी बाघमारा अहिले तरकारी खेतीतर्फ लम्किरहेको उहाँले बताउनुभयो । दूधको राम्रो उत्पादन हुने भएसँगै अहिले यो स्थल दूधको केन्द्र बनेको छ ।
बाघमाराबाट २०५० सालमा दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री थालिएपछि सो क्षेत्रमा गाईपाल र कृषिको व्यावसायिकीकरण बढेको कृषक खगेन्द्र अधिकारी बताउनुहुन्छ । त्यस समयदेखि नै दुग्ध व्यवसायलेमा व्यावसायिकता भित्रिएको उहाँको भनाइ छ । उहाँले तत्कालीन समयमा यहाँबाट अधिकतम १६० लिटरसम्म दूध दुग्ध विकास संस्थानलाई दिने गरेको सुनाउनुभयो । शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकामा २०६१ भदौदेखि निजी पन्थी डेरीले दूध सङ्कलन थाल्यो । निजी डेरीको प्रवेशसँगै यहाँ गाईपालनको वातावरण बढेको हो ।
शुरुमा २०५०/५१ सालतिर तालचोकसम्म दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ पछि पुल्चोक दूध सङ्कलन केन्द्रका बन्यो । केही वर्षयता चिरगादीमा पक्की पुल बन्यो । दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेपछि यहाँको दूध बजारमा पु¥याउन सहज भयो । बाघमाराको भगवती चौताराबाट प्रत्येक आधा घण्टामा पुल्चोक पटनेरीबाट भण्डारढिक, तालचोक हुँदै पोखरा जाने लेखनाथका बसका साथै तिक्लाङबाट बरेलीचोक, कालिकास्थान, छुचीको गौंडा, महतगौडा हुँदै पोखरासम्म महानगरका बस सञ्चालन भएपछि कृषि उत्पादन शहर पुग्न सहज भयो । कृषिउत्पादन घरबाटै बिक्री हुन थालेपछि यसको व्यावसायिकतामा योगदान पुगेको कृषकको भनाइ छ ।
बाघमाराको दूधको बजारमा बढ्दो मागसाथै अहिले स्थानीय युवा यसतर्फ आकर्षित भएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर हरामी बताउनुहुन्छ । “दूध उत्पादनप्रतिको आकर्षणले तीनताका यसको विकास गर्न संस्थागत प्रयास आवश्यक छ भन्ने सोचले २०६३ सालमा सहकारी स्थापना गरियो”, उहाँले भन्नुभयो । हाल भरतपोखरीबाट दैनिक पाँच हजार ५०० लिटर बढी दूध बजारमा पठाउने उहाँको भनाइ छ ।
व्यावसायिक कृषिमा आकर्षण बढे पनि कृषकले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउन नसकेको कृषि फार्मका सञ्चालक आचार्यको भनाइ छ । कोरोनाको महामारीसँगै आफू जस्ता धेरै व्यवसायी कृषक मारमा परे । आचार्यले महामारीले गाईवस्तुलाई खाद्यान्न अभाव, महँगो ढुवानीलगायत कारणले रु २० लाख क्षति व्यहोर्नुपरेको बताउनुभयो । “कोरोनाको प्रभाव र यस बर्सातको बाढीले नोक्सानी थपियो”, उहाँले भन्नुभयो, “फार्ममा बाढी पस्दा पाँच लाखको नोक्सानी भयो, राज्यबाट कृषकले राहत पाउनुपर्ने भए पनि पाइएन ।” बाघमारामा आठ दूध सङ्कलन केन्द्र छन् । स्थानीय सक्रियतामा गठित बृहत्तर गाईपालन समितिमा ५०० सदस्य छन् । अन्य पेशामा आबद्ध युवा वैकल्पिकरुपमा व्यावसायिक कृषिलाई जोड दिँदै आएका छन् । तरकारी खेती, बङ्गुरपालन, कुखरापालन, बाख्रापालन आदिले पनि व्यावसायिक रुप लिँदै गएको छ ।
समयको परिवर्तनसँगै विगतमा उब्जाउन हुने गरेका खेती विस्थापित बन्दै जाने र नयाँ नयाँ खेती शुरु हुने क्रम बढेको छ । पछिल्ला केही दशकको अन्तरालमा बाघमाराको पाखामा लटरम्म फल्ने सुन्तला अहिले पूर्णरुपमा विस्थापन भइसकेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल