
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संस्कार, संस्कृति र लोकसंस्कृति राष्ट्रको धरोहर रहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले लोकसंस्कृतिले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरेकाले यसको जीवन्त विकास हुनु आवश्यक छ भन्नुभयो ।
“नेपाली जनताको वास्तविक संस्कार र संस्कृति लोकदोहोरीले विश्वमा परिचित गराएको छ”, प्रदेश प्रमुख शेरचनले भन्नुभयो, “सबै समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात प्राचीन नेपाली लोकसंस्कृतिको संरक्षण गर्न सबै पक्ष लाग्नु आवश्यक छ ।”
कलाकारहरुले गीतसङ्गीतका माध्यमबाट जनता र देशले भोग्नु परेका समस्या समाधानमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उहाँले वैदेशिक हस्तक्षेप रोक्ने र देशभक्तिपूर्ण गीतसङ्गीतमा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
प्राज्ञ हरिदेवी कोइरालाले प्रतिष्ठानले कलाकारको मर्म, पीडा र व्यथामा मलम लगाउने काम गरेको बताउँदै कलाकारहरुले गीतको माध्यमबाट समाज रुपान्तरणको काममा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गर्दै आएको ‘तीर्थ सागर स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ नगदसहित पुरस्कृत हुनुभयो । यसैगरी नरबहादुर स्मृति कलाकार पुरस्कारबाट म्याग्दीका लोक गायिका धनकुमारी थापा सम्मानित हुनुभएको छ ।
कार्यक्रममा गत वर्षको चर्चित लोकगीत ‘आँधी खोलामा के ल्याइदिऊँ कोसेली भिर्ने झोलामा’ बोलको गीतका गायिका सरस्वती लामिछाने, गण्डकी प्रदेश उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष सञ्जीवबहादुर कोइराला, सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रतिष्ठानअन्तर्गतका उत्कृष्ट जिल्ला शाखा, प्रतिष्ठानको राष्ट्रिय महाधिवेशनमा विभिन्न उपसमितिका संयोजक, स्नातकोत्तर उत्तीर्ण कलाकारलगायतलाई सम्मान गरिएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की