
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ ।
श्रीसले व्यावसायीकरूपमै मौरी पालन, बोइलर कुखुरा पालन र तरकारी खेती गर्नुभएको छ । पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उहाँको व्यस्तता बढे पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उहाँ बताउनुहुन्छ । गलकोटबाट अधिकांश युवाहरु जापान तथा युरोपका धेरै देशमा गए पनि ३७ वर्षीय श्रीस २२ वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आकर्षित हुनुभएको थियो । “एसएलसी उत्तिर्ण गरेपछि व्यावसायिक कृषितर्फ लाग्ने सोच पलायो, गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिल्यै मनमा आएन”, श्रीसले भन्नुभयो, “गाउँमै मेहनत गरेपछि विदेशमा जस्तो आम्दानी स्वदेशमै गर्न सकिने रहेछ ।”
बाह्र वर्षअघि घरमा रहेका पाँच मुढेघारबाट व्यवसाय शुरु गर्नुभएका श्रीसको गलकोट घुम्टे मौरीपालन फर्ममा ७० आधुनिक मौरीका घार छन् । शुरुमा मौरीपालनमा आकर्षित हुनुभएका श्रीसले मौरौपालन शुरु गरेपछि व्यावसायिकरूपमै कुखुरापालन गर्दै आउनुभएको छ ।
यही फागुनसम्म १०० घार मौरी पुर्याउने लक्ष्यका साथ अघि बढ्नुभएका श्रीसले दुई वर्षदेखि तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । उहाँले चार वटा अस्थायी टनेल निर्माण गरी गोलभेँडा, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी गर्दै आउनुभएको छ । “मौरीपालन मुख्य पेशा हो, आर्थिकरूपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छु, मौसम राम्रो हुँदा ७०० केजी मह उत्पादन हुन्छ, ७०० कुखुरा फार्ममा कहिलै टुट्दैनन्”, उहाँले भन्नुभयो, “यसपटक मौसम अलि राम्रो नभएका कारण रु चार लाखको मात्रै मह बिक्री गरेँ, कुखुराबाट वार्षिक रु चार लाख हाराहारीमा आम्दानी हुन्छ ।”
वार्षिकरूपमा मह, कुखुरा र तरकारी खेतीबाट रु १२ लाख जति आम्दानी गर्ने गरेको श्रीसले जानकारी दिनुभयो । आफू सामाजिक काममा खटिएको समयमा परिवारका सदस्य बाबा, आमा तथा श्रीमतीको सहयोग हुने गरेको छ । जनताको सेवामा खटिनु पर्ने भएकाले समयलाई व्यवस्थापन गर्दै आएको उहाँको भनाइ छ । योजना, बैठक तथा नगरपालिकाको काममा खटिँदा अघिल्लो दिननै काम घटाउने र बिहान सबेरै उठेर तरकारी टिप्ने, कुखुरालाई दाना हाल्ने गर्नुहुन्छ । लोकल यति सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले चरण र हावापानीका लागि रिघा गाउँ उपयुक्त भएका कारण मौरी पालनमा भविष्य राम्रो भएको बताउनुभयो । उहाँले घरबाटै प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आउनुभएको छ । उत्पादन हुन सके मह र कुखुरा घरबाटै बिक्री हुँदै आएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ ।
गत वर्ष मौरीपालनबाट कृषि ज्ञान केन्द्र पर्वतले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । श्रीसको फार्ममा उत्पादन भएको तरकारी हटिया, गुल्मीको वामी, खर्बाङ बजारमा बिक्री हुँदै आएको छ । यही एक महिनाको अवधिमा मात्रै रु ६० हजारको तरकारी बिक्री गरेको र टनेलमा फलेका गोलभेँडा, काउली तथा बन्दा बिक्री गर्न बाँकी छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति