News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

कोरोना सङ्क्रमित भएका २० जनाद्वारा प्लाज्मा दान   

तस्विर: साभार

चितवन । कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउनका लागि प्लाज्मा दान गरेका हुन् । कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन् । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताउनुभयो । उहाँका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना छ ।