
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
पोखरा महानगरपालिका–२० को मौजामा उच्च पर्वतीय (हाइ अल्टिच्युड) रङ्गशाला निर्माण हुने भएको छ । समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहित खेल पूर्वाधार निर्माण गर्न लागेको हो ।
महानगरको चालू आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा बजेट कार्यक्रममा हाइ अल्टिच्युड खेल मैदानका लागि भनेर रु ५० लाख बजेट विनियोजन गरिएको थियो । महानगरको सबैभन्दा उचाइमा बन्ने भएकाले महानगरले हाइ अल्टिच्युड रङ्गशाला नाम दिएको हो ।
रङ्गशाला निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र आगामी पुस महिनादेखी जमिन समधर बनाएर खेल्न योग्य बनाउने काम शुरु गरिने सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम) र दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट निर्माणका लागि डिपिआरमा रु १६ करोड खर्च लाग्ने उल्लेख छ । यसैगरी चमेनागृह, शौचालयलगायत पूर्वाधार पनि निर्माण गरिनेछ ।
“महानगरकोे सबैभन्दा उचाइमा रहेको यस स्थानमा रङ्गशाला निर्माण गरी खेल पर्यटन प्रवद्र्धनको योजनाअनुसार डिपिआर बनिसकेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “चालू आवमा विनियोजित बजेटबाट अब तत्कालै जमिन सम्माउने काम शुरु गछौँ, अन्य पूर्वाधार निर्माणका लागि महानगरबाट आगामी वर्ष थप बजेट विनियोजन हुनेछ भने प्रदेश र सङ्घ सरकारसँग पनि बजेट माग गछौँ ।”
प्रश्तावित रङ्गशालाबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरवस्ती तथा हरियाली जङ्गलको सुन्दरताले सो क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेका छन् । मौजाको आँटीघर होमस्टे (घरवास) नेपाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । विगतमा सडक, खानेपानीलगायत पूर्वाधार विकासमा पछि परेको यस वडामा हाल महानगरको कनेक्टिभिटी सडक योजनाअन्तगर्त पक्की सडक निर्माण भइरहेको छ ।
सडकको सहज पहुँच र आकर्षण पर्यटकीय गन्तव्य बोकेको स्थानमा निर्माण हुने रङ्गशालाबाट खेल पर्यटनसमेत विकास हुने भनाइ वडाध्यक्ष गुरुङको छ । उहाँले भन्नुभयो, “यसको सम्भावना धेरैनै राम्रो छ र यो महानगरको गौरवको आयोजना पनि बन्छ, रङ्गशाला बनाउने, होमस्टेको विकास गर्ने र राष्ट्रिय खेलाडीलाई यहीँ राखेर प्रशिक्षण गराउने योजना छ ।”
महानगरको सबैभन्दा उचाइमा खेलकूद पूर्वाधार निर्माण हुनेभएपछि स्थानीयवासी समेत उत्साहित भएका छन् । स्थानीयवासी एमन गुरुङले रङ्गशाला बनेपछि थप पर्यटक गाउँमा भित्रिने र अन्य विकासका योजनासमेत गाउँमा आउने विश्वासमा हुनुहुन्छ । विगतमा गाउँमा विकास नहुँदा शहर झरेकासमेत अहिले गाउँ फर्किन थालेको र विस्तारै विकट गाउँ ‘गुल्जार’ हुने उहाँको भनाई छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ