
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
९प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा महानगरपालिका–२० को मौजामा उच्च पर्वतीय (हाइ अल्टिच्युड) रङ्गशाला निर्माण हुने भएको छ । समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहित खेल पूर्वाधार निर्माण गर्न लागेको हो ।
महानगरको चालू आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा बजेट कार्यक्रममा हाइ अल्टिच्युड खेल मैदानका लागि भनेर रु ५० लाख बजेट विनियोजन गरिएको थियो । महानगरको सबैभन्दा उचाइमा बन्ने भएकाले महानगरले हाइ अल्टिच्युड रङ्गशाला नाम दिएको हो ।
रङ्गशाला निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र आगामी पुस महिनादेखी जमिन समधर बनाएर खेल्न योग्य बनाउने काम शुरु गरिने सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम) र दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट निर्माणका लागि डिपिआरमा रु १६ करोड खर्च लाग्ने उल्लेख छ । यसैगरी चमेनागृह, शौचालयलगायत पूर्वाधार पनि निर्माण गरिनेछ ।
“महानगरकोे सबैभन्दा उचाइमा रहेको यस स्थानमा रङ्गशाला निर्माण गरी खेल पर्यटन प्रवद्र्धनको योजनाअनुसार डिपिआर बनिसकेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “चालू आवमा विनियोजित बजेटबाट अब तत्कालै जमिन सम्माउने काम शुरु गछौँ, अन्य पूर्वाधार निर्माणका लागि महानगरबाट आगामी वर्ष थप बजेट विनियोजन हुनेछ भने प्रदेश र सङ्घ सरकारसँग पनि बजेट माग गछौँ ।”
प्रश्तावित रङ्गशालाबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरवस्ती तथा हरियाली जङ्गलको सुन्दरताले सो क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेका छन् । मौजाको आँटीघर होमस्टे (घरवास) नेपाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । विगतमा सडक, खानेपानीलगायत पूर्वाधार विकासमा पछि परेको यस वडामा हाल महानगरको कनेक्टिभिटी सडक योजनाअन्तगर्त पक्की सडक निर्माण भइरहेको छ ।
सडकको सहज पहुँच र आकर्षण पर्यटकीय गन्तव्य बोकेको स्थानमा निर्माण हुने रङ्गशालाबाट खेल पर्यटनसमेत विकास हुने भनाइ वडाध्यक्ष गुरुङको छ । उहाँले भन्नुभयो, “यसको सम्भावना धेरैनै राम्रो छ र यो महानगरको गौरवको आयोजना पनि बन्छ, रङ्गशाला बनाउने, होमस्टेको विकास गर्ने र राष्ट्रिय खेलाडीलाई यहीँ राखेर प्रशिक्षण गराउने योजना छ ।”
महानगरको सबैभन्दा उचाइमा खेलकूद पूर्वाधार निर्माण हुनेभएपछि स्थानीयवासी समेत उत्साहित भएका छन् । स्थानीयवासी एमन गुरुङले रङ्गशाला बनेपछि थप पर्यटक गाउँमा भित्रिने र अन्य विकासका योजनासमेत गाउँमा आउने विश्वासमा हुनुहुन्छ । विगतमा गाउँमा विकास नहुँदा शहर झरेकासमेत अहिले गाउँ फर्किन थालेको र विस्तारै विकट गाउँ ‘गुल्जार’ हुने उहाँको भनाई छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी