
१तिब्बतर्फ ताल पुन: फुट्यो
२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
३रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
४स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
५विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
६बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
७स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
८पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
दार्चुला । भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो । कैलालीबाट जागिरे जीवन शुरु गरेका थिए । जागिर भएपछि घरपरिवार सबै खुशी थिए, शैल्यशिखर नगरपालिका–६ घर भएका बिर्खसिंह धामी परिवार तर त्यो खुशीको सीमा धेरै टिक्न सकेन । कैलालीको भृकुटी निमावि पदौनमा कार्यरत रहेको बेला विसं २०५८ मा धामी बेपत्ता भए ।
अहिले पनि परिवारको आँखाभरि आँशु भिजेको छैन । विद्यालयबाटै बेपत्ता भएका शिक्षक धामीका बारेमा विद्यालयले समेत परिवारलाई जानकारी नगराएकामा पीडित परिवारको गुनासो छ । पीडितका दाई राजेन्द्रसिंह धामी भन्नुहुन्छ, “बेपत्ता भएपछि न त विद्यालयले जानकारी गरायो, न तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट नै जानकारी भयो ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितका आफन्तको कुरा सुनौँभन्दा धामीको गाला अबरुद्ध हुँदै थियो । आक्रोश त धेरै छन्, तर अहिलेसम्म भाइको अवस्था के हो रु कसैको रेकर्डमा छैन । राज्यबाट पाउनुपर्ने सेवासुविधा केही पाउन सकिएको छैन ।
मालिकार्जुनका नन्दा पार्कीको श्रीमान् दिलुराम पार्की गुमाएको पीडा पनि कम्ता छैन । आफ्नै अगाडि माओवादीले लिएर गएका पार्कीको अवस्था अज्ञात छ । घरबाटै अभियानमा हिँड भन्दै माओवादीले अपहरण गरिएका पार्की कहिल्यै घर फर्किएनन् । घर फर्किने आशामा दशकौँ बित्यो, तर न लाश देख्न पाए, न त सास पाए ।
शैल्यशिखर नगरपालिका–९ का नरेन्द्र भण्डारी विसं २०६२ मा बैतडीको पिपलकोटबाट बेपत्ता भए । गोकुलेश्वरमा राम्रै व्यापार फस्टाएको थियो । भर्खर बिहे गरेका थिए । बिहे गरेपछि घरजम राम्रै जमाउने इच्छा थियो भण्डारीको । तर पिपलकोट नजिकै तत्कालीन शाही सेनाको गस्ती आएको थाहा पायौँ, बेपत्ता भण्डारीका दाजु कर्णबहादुर भण्डारीले भन्नुभयो, “त्यही पिपलकोटबाट बेपत्ता भएका भाइको अवस्था थाहा छैन । भाइ बेपत्ता भएपछि उहाँकी श्रीमती दोस्रो बिहे गरेर गइन् ।
“भाइको अवस्थाबारे अहिलेसम्म जानकारी छैन । द्वन्द्वपीडित भनेर पनि कहीँ उल्लेख छैन । कम्तीमा भाइको मृत्यु भएको भनेर भनिदिए पनि परिवार ढुक्क हुने थियो । क्षतिपूर्ति त के माग्नु, लाश नै छैन भने”, उहाँले सुनाउनुभयो । बेपत्ता आयोगका सामु उहाँले पूरै पीडा भन्ने हिम्मत नै गर्नुभएन । गाला अबरुद्ध भएपछि उहाँले भन्नुभयो, “भाइको अवस्था के हो जानकारी गराइदिनु ।”
देशको रक्षाका लागि लड्दालड्दै घाइते हुनुभएका रामदत्त विष्टको अहिले पनि घाइते हुँदा लागेको गोलीको घाउँ ताजै छ । “देशका लागि लडे, अपाङ्ग भएँ, तर राज्यले हामीजस्ता योद्धाका लागि केही हेरिदिएन”, उहाँले सुनाउनुभयो । गोलीको घाउ ताजै छ, विसं २०५८ मा सँगैका कयौँ साथीको ज्यान गयो, आफू घाइते भएर बाँचे, परिवार १० वर्षसम्म विस्थापित भयो । घरमा रहेको धन सम्पत्ति बाहिर ल्याएर जलाइदियो । छोरालाई लुगामा बेरेर बचाइयो । देशको लागि यति सङ्घर्ष गर्दा पनि राज्यले हामीजस्ता विस्थापित र द्वन्द्वपीडितका लागि केही गर्न नसकेकामा विष्टको आक्रोश छ ।
हाम्रो मर्म कसले बुझिदिन्छ, घाइते भएर अपाङ्ग भएपछि रु तीन हजार ८०२ लिएर अशक्त अवकाशमा घर फर्किएकोहुँ । त्यो बेलादेखि अहिले हामीले पाउनुपर्ने सेवा सुविधा पनि राज्यले घटाइदिएको प्रति उहाँले दुखेसो गर्नुभयो । द्वन्द्वपीडितले न्याय पाउनुपर्छ उहाँको माग छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार विसं २०५२ देखि २०६३ सम्म दार्चुलाबाट २० जना बेपत्ता भएको भन्दै उजुरी परेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीले अहिलेको सूची प्रारम्भिक मात्रै भएको भन्दै नामहरुमाथि सत्यतथ्य छानबिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आयोगमा परेका उजुरीमाथि विस्तृत अध्ययनको अन्तिम चरणमा पुगेका छाँै । सबै जिल्लामा पुगेर उनीहरुको अवस्था, नामबारे जानकारी लिने काम गरिरहेका छौँ ।”
छानबिनपछि उनीहरुको शव गाडिएको स्थल खोजी गरेर म्युजियम अथवा उनीहरुको शालिक बनाउन प्रेरित गरिने अध्यक्ष सुवेदीले बताउनुभयो । “आयोगले निष्पक्ष भएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “छानबिनको क्रममा जोसुकै पीडक देखिए पनि कारवाहीका लागि सिफारिस गरिन्छ ।” उहाँले भन्नुभयो, “राज्यले पीडितका लागि केही न केही गर्नैपर्छ, पीडितले राज्यपक्षबाट केही पाएको छैन भनेर सोच्नु हुँदैन । पीडितलाई अपहेलित नहुने गरी न्याय निरुपण गर्छौँ ।”
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति