
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ । तत्कालीन जिविसमार्फत शुरु भई हाल प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयन गरिएको सो पुल निर्माणपछि मादी गाउँपालिकाको उत्तरी भेगका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
सो मोटरेबल पुलको सोमबार सांसद खगराज अधिकारीले कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । बर्खायाममा मादी नदी बढेपछि यातायात सम्पर्कबाट विमुख हुने मादीपारिका पर्यटकीय गाउँ ताङतिङ, घ्यामराङ, रोही, सेतीखोला, याङ्जाकोट, स्यारचोक, कुस्कुडाँडा, हरिस्वाराँ लगायतका गाउँका नागरिक पुल बनेसँगै उत्साहित भएका छन् ।
जिल्लामै पहिलोपटक ‘प्रिस्टेस’ डिजाइनमा ८३ मिटर लामो सो पुल रु आठ करोड छ लाखमा निर्माण गरिएको पूर्वाधार कार्यालयका इन्जिीनीयर गुरुदत्त अधिकारीले जानकारी दिनुभयो । पुल निर्माणका लागि विसं २०७२ चैत २१ मा मृतसञ्जीवनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
विसं २०७६ को असारमा ढलान गर्न तयारी अवस्थामा रहेको सो पुल मादीले बगाएपछि काममा पुनः ढिलाइ भएको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले माथिल्लो गाउँ क्षेत्रलाई जोड्ने आफूहरुको सपना ज्याम्दु मादी पुलले पूरा गरेको बताउँदै विकटतालाई निकट र छुट्टिएको गाउँलाई नजीक ल्याएकामा खुशी व्यक्त गर्नुभयो ।
गुरुङले राजमार्गसहितको विकास मादीमा शुरु भएको जनाउँदै पुल निर्माण गाउँपालिकाका लागि ‘टर्निङ प्वाइन्ट’ भएको तथा विकास र अवसरको ढोका खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्याउदु पुलले मादीपारिका जनताको मुहारमा खुशी छाएको छ । यससँगै मादीको भैँसेसम्म आउने मध्यपहाडी राजमार्गलाई यही पुल हुँदै वडा नं ७ को मेलबोट भएर पोखरा लैजान सकेको खण्डमा गाउँपालिकाको धेरै वडा पक्की राजमार्गले छुनेछ ।”
यसैगरी मादी गाउँपालिका–७ को सवीको ठाडो खोलामा ट्रस पुल निर्माण गरिएको छ । पुल निर्माणपछि वडा नं ६ र ७ का १०० घरधुरीका ५५० जना प्रत्यक्ष लाभान्वित भएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम तथा गाउँपालिकाबाट गरी २२ लाख ३९ हजार १०८ तथा जनश्रमदान ५१ हजार ७५० गरी रु २२ लाख ९० हजार ८५७ मा पुल निर्माण गरिएको घट्टेखोला सवी ट्रष्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर विकले जानकारी दिनुभयो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा