
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, ११ कार्तिक । पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको अनुसन्धानले अमेरिकामा आयोजित अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजी (एसिजि)को सम्मेलनमा प्रतिष्ठित ‘प्रेजिडेन्सियल अवार्ड’ प्राप्त गरेको छ।
डा. बरालको ‘ए रेयर केस अफ रेक्टल मेलानोमा’ शीर्षकको अनुसन्धान सार (रिसर्च एब्स्ट्र्याक्ट)ले यो सम्मान पाएको हो। यो अध्ययन मलाशयमा हुने एक दुर्लभ क्यान्सरसँग सम्बन्धित छ। सम्मेलनमा प्रस्तुत करिब ७ हजार वटा अनुसन्धानमध्येबाट छनोट हुँदै यो अवार्ड प्राप्त गर्नु समग्र नेपाल र नेपाली चिकित्सकहरूका लागि गर्वको विषय हो। यस उपलब्धिले अन्तर्राष्ट्रिय चिकित्सा जगत्मा नेपाली चिकित्सकहरूको अनुसन्धान क्षमताको उच्च पहिचान गराएको छ।
उक्त अनुसन्धान टोलीमा डा. शंकर बरालसँगै डा. एन्जिला पोखरेल बराल, डा. अभिराज यादव र डा. दिलास्मा घर्ती मगर संलग्न हुनुहुन्थ्यो। चिकित्सकहरूको यस सामूहिक प्रयासले दुर्लभ क्यान्सरको पहिचान, निदान र उपचारसम्बन्धी महत्त्वपूर्ण विषयलाई अन्तर्राष्ट्रिय चिकित्सा समुदायसमक्ष प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।
रेक्टल मेलानोमा मलाशयमा देखिने दुर्लभ तर अति गम्भीर प्रकारको क्यान्सर हो। यो शरीरमा छालाको क्यान्सरका रूपमा बढी चिनिने मेलानोमाको असामान्य स्थानमा देखिने रूप हो। समयमै पहिचान र उपचार हुन नसकेमा यो शरीरका अन्य भागमा तीव्र रूपमा फैलिन सक्छ र बिरामीको ज्यानै जोखिममा पार्न सक्छ।
डा. बरालको अनुसन्धानले मलाशय तथा मलद्वारबाट रगत आउने समस्यालाई सामान्य पाइल्स ठानेर बेवास्ता गर्न नहुने कडा सन्देश दिएको छ। दिसा गर्दा रगत आउने लक्षण पाइल्सको मात्र नभई यस्ता अन्य गम्भीर रोगहरूको पनि हुन सक्छ। त्यसैले, लक्षण देखिनेबित्तिकै आवश्यक स्वास्थ्य परीक्षण गराएर रोगको वास्तविक कारण पत्ता लगाउनु अपरिहार्य हुन्छ।
विशेषज्ञका अनुसार कोलोनोस्कोपीमार्फत मलाशय तथा आन्द्राको परीक्षण गर्दा शङ्कास्पद घाउ वा अन्य असामान्य परिवर्तनहरू सजिलै पहिचान गर्न सकिन्छ। आवश्यकताअनुसार बायोप्सी गरेर रोगको पक्का गरिन्छ। यदि पोलिप भेटिएमा उपयुक्त अवस्थामा ‘पोलिपेक्टोमी’ प्रविधिबाट हटाउन सकिन्छ। यद्यपि, मेलानोमा क्यान्सरको उपचार भने रोगको प्रकृति, फैलावट र अवस्था हेरी चिकित्सकले छुट्टै निर्धारण गर्छन्।
चिकित्सकहरूको सुझाव छ-दिसामा रगत देखिएमा वा लामो समयसम्म मलद्वारसम्बन्धी कुनै पनि समस्या रहेमा हेलचेक्य्राइँ नगरी समयमै विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ। रोगको प्रारम्भिक पहिचानले नै सही निदान र सफल उपचारको सम्भावनालाई कैयौँ गुणा बढाउँछ।
डा. बरालको यस अनुसन्धानले आगामी दिनमा दुर्लभ रोगहरूको पहिचान, निदान र उपचारबारे विश्व चिकित्सा समुदायमा नयाँ बहस र सचेतना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’