
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, ३० भदौं । समाचार सम्प्रेषणको विषयलाई लिएर मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकालीमाथि ज्यान मार्ने धम्की आएको घटनाप्रति प्रेस जगत् गम्भीर बनेको छ । ‘छेतेन गुरुङ’ नामक ह्वाट्सएप प्रयोगकर्तामार्फत पत्रकार थकालीलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिइएको हो । पछिल्लो समय उनले नेपाल-चीन सीमानास्थित कोरोला नाकामा कन्टेनर सन्दर्भलाई समेटेर समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई जोडेर आफूलाई धम्की आएको पत्रकार थकालीले जानकारी दिएका छन् ।
घटनालगत्तै नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले यस विषयलाई गम्भीर रूपमा लिँदै दोषीमाथि कडा कारबाही र पत्रकारको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय, मुस्ताङमा औपचारिक निवेदन दर्ता गराएको छ । महासंघका शाखा अध्यक्ष सुनदेवी रसाइली र सचिव आदित्य रसाइलीद्वारा संयुक्तरुपमा सोमबार डीएसपी रामचन्द्र तिवारीसमक्ष सो निवेदन पेस गरिएको हो । उक्त निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालय मुस्ताङ, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा गण्डकी प्रदेश समितिमा समेत पठाइएको छ ।
पत्रकार महासंघले भौगोलिक रूपमा सुदूर र हिमाली क्षेत्रको असहज परिस्थितिमा रहेर स्वतन्त्र पत्रकारिता अभ्यास गरिरहेका श्रमजीवी पत्रकारको भौतिक सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न राज्यका निकायहरूसँग जोडदार माग गरेको छ । महासंघले घटनाको निष्पक्ष छानबिन गरी डिजिटल माध्यमबाट हुने यस प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
यसैबीच, पत्रकार थकालीले पनि सुरक्षाको माग गर्दै सोमबार नै जिल्ला प्रहरी कार्यालयमार्फत नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा समेत छुट्टै उजुरी दर्ता गराएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता तथा ‘इमुस्ताङन्युज’ अनलाइन पोर्टलका सञ्चालक थकाली नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा मुस्ताङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।
हिमालपारिको जिल्ला मुस्ताङमा विगत १२ वर्षदेखि निरन्तर र व्यावसायिक पत्रकारितामा सक्रिय थकालीमाथि भएको यस प्रकारको धम्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर लागेको भन्दै विभिन्न संघ–संस्थाहरूले समेत भत्र्सना गरेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने