
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
मुस्ताङ, २८ भदौंं । नेपाल–चीनबीचको उत्तरी कोरलानाका (लोमान्थाङ–४, न्हेचुङ) स्थित मुस्ताङ भन्सार कार्यालयबाट मात्र १५ दिनको अवधिमा एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको हो।
भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम र राजस्व सङ्कलन दुवै तीब्र रूपमा बढेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भदौ २२ गतेयता मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व सङ्कलन भइरहेको प्रमुख चुडालले जानकारी दिए।
प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका कुल ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गराइएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्दा कुल दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। स्मरण रहोस्, भदौ ९ गतेसम्म यस नाकाबाट १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी मात्र नेपाल भित्रिएका थिए।
विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्र बाह्रै महिना खुला गरिएको कोरलानाका, गत वर्ष तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि वैकल्पिक नाकाको रूपमा सञ्चालनमा ल्याइएको थियो। नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि यसलाई निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको हो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरको मालवस्तुको कारोबार भएको थियो भने तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो। प्रमुख उत्तरी नाकाहरू अवरुद्ध बनेको वर्तमान अवस्थामा मुस्ताङको कोरलानाका देशको वैदेशिक व्यापार धान्ने एक प्रमुख वैकल्पिक र भरपर्दो मार्ग बन्न पुगेको छ।