
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, २१ साउन । फिर्केखोला खोलाघरभित्रका बाँकी संरचना हटाउन पोखरा महानगरपालिकाले १५ भदौसम्मको म्याद तोकेको छ।
बुधबार जारी सूचनामा महानगरले खोलाघरभित्रका संरचना आफैं हटाउने मौखिक सहमति जनाएका तर हालसम्म नहटाएका व्यक्ति तथा संस्थालाई २५ दिनको अल्टिमेटम दिएको हो। तोकिएको अवधिभित्र संरचना नहटाए महानगरले स्वयं हटाएर त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनी दिएको छ।
महानगरको योजनाअनुसार अतिक्रमित संरचना हटाएर फिर्केखोलालाई सफा, स्वच्छ र प्राकृतिक बहावमा फर्काई सुन्दर, पर्यावरणमैत्री तथा व्यवस्थित करिडोर निर्माण गरिनेछ। यसैक्रममा खोलाक्षेत्र पर्ने आठ वटा वडाका वडाध्यक्षसँग बैठक बसी खोलाघरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरणसहितको प्रतिवेदन आगामी सात दिनभित्र पेस गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिइएको छ।
महानगरले आगामी १ असोजदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८० (दोस्रो संशोधन, २०८२) बमोजिम मापदण्ड कार्यान्वयन गर्दै करिडोर निर्माणसम्बन्धी प्राविधिकलगायत अन्य आवश्यक कार्य सुरु गर्ने जनाएको छ।
दुई महिनाअघि महानगरले खोलाघरभित्रका १६० संरचना हटाउन डोजर अभियान सुरु गरेको थियो। ठूला संरचना डोजरबाट सांकेतिक रूपमा हटाएपछि बाँकी संरचना सम्बन्धित घरधनी तथा संस्थाले आफैं हटाउने मौखिक प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म पनि ती संरचना नहटेपछि नागरिक समाजले गम्भीर ध्यानाकर्षण गराएको थियो।
नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलका अनुसार केही स्थानमा महानगरले संरचना आधा भत्काएर अलपत्र छाडेको छ। विशेष गरी वडा नं. ४, ५, ७ र ८ मा दुई दर्जनभन्दा बढी संरचना अझै हटाइएको छैन। महाअभियानले ती वडामा रहेका बाँकी संरचना पूर्ण रूपमा हटाउन महानगरसँग माग गरेको छ।
पर्यटकीय राजधानी पोखराको मध्यभागबाट बग्ने फिर्के खोला करिब आठ किलोमिटर लामो छ। यो खोला पोखरा–१८ अँधेरीकुनाबाट सुरु भई वडा नं. २, ४, ५, ६, ७, ८ र १७ हुँदै पोखरा–१७ स्थित फेवातालमा मिसिन्छ। केही वर्षअघिसम्म ४० मिटरसम्म फैलिएको यो खोला अतिक्रमणका कारण साँघुरिएको छ भने कतै अस्तित्व नै हराएको अवस्था छ। खोला मिचेर संरचना बनाउनेमा विभिन्न पाँच वटा समाजघरसमेत रहेका छन्।
संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ। एसियाली विकास बैंकको पोखरामा ‘सस्टेनेबल टुरिजम’का लागि सुरु भएको सात अर्ब रुपैयाँको योजनाअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरले जनाएको छ।
हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत मिसाउने समस्याबाट ग्रस्त छ। खोलामा फालिएको ढल तथा मलमूत्र सिधै फेवातालमा पुगेर ताललाई दुर्गन्धित बनाएको छ। जिल्ला कारागार कार्यालय कास्कीलगायत सरकारी, निजी तथा दर्जनौं व्यक्तिगत घरधनीले सेफ्टी ट्याङ्कीको ढल सिधै फिर्केखोलामा मिसाएका छन्।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन