
१एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
५सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
६अफवाह नफैलाउन प्रहरीको आग्रह
७बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
८सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
११गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
पोखरा, २१ साउन । बजारमा एलपी ग्यासको अभाव र सर्वसाधारणको गुनासो बढेपछि कास्की जिल्ला प्रशासन कार्यालयले ग्यासको बिक्री-वितरणलाई व्यवस्थित गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय, कास्कीको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाबाट जारी प्रेस विज्ञप्तिअनुसार जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको अध्यक्षतामा नेपाल आयल निगम, एलपी ग्यास उत्पादक, ग्यास विक्रेता संघ, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, उपभोक्ता मञ्च, नागरिक समाज, सञ्चारकर्मीलगायत सरोकारवालाबीच समन्वय बैठक बसेको थियो। बैठकले एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिएका छन् ।
सहायक प्रजिअ बरालका अनुसार जिल्लाका ग्यास उद्योग तथा विक्रेताहरूले आफूलाई प्राप्त परिमाण र वितरण परिमाणसहित दैनिक अभिलेख राख्नुपर्नेछ। पहिले आउने उपभोक्ता/ग्राहकलाई पहिले बिक्री वितरण गरी उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध गराएको ग्यासको परिमाणसहितको अभिलेख राख्नुपर्नेछ।
७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपले अशक्त र अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा न्यूनतम परिमाणमा वितरण गर्न विक्रेताले ध्यान दिनुपर्ने निर्णय भएको छ। उपभोक्ता तथा व्यवसायी कसैले पनि एलपी ग्यासको अनावश्यक सञ्चितीकरण नगर्ने र उद्योगले वितरण गरेको ग्यास उचित रूपमा विक्रेताबाट बिक्री भए/नभएको, अनावश्यक सञ्चिति भए/नभएको तथा मूल्यवृद्धि भए/नभएको सम्बन्धमा ग्यास उद्योग सञ्चालकहरूले नियमित अनुगमन गर्नुपर्नेछ।
उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, उपभोक्ता मञ्च तथा सरोकारवाला निकायले सूक्ष्म अनुगमन गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय, कास्कीलाई गराउनुपर्नेछ। नेपाल आयल निगमले गरेको निर्णय सबै ग्यास उद्योगहरूले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, पेट्रोल तथा हवाई डिपोहरूले उचित रूपमा पेट्रोलियम पदार्थको बिक्री-वितरणको व्यवस्था मिलाउनुपर्ने र नेपाल आयल निगम पोखरा डिपो गगनगाउँडाले निरन्तर अनुगमन गर्नुपर्ने निर्णय भएको छ।
खुल्ला रूपमा बोतल, जर्किनलगायतमा पेट्रोलियम पदार्थको बिक्री-वितरण गर्ने कार्यलाई पूर्णतः निषेध गरी प्रभावकारी कार्यान्वयन गर्ने र एलपी ग्यास वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन एलपी ग्यास वितरण विनियावली, २०६५ (संशोधन सहित)को पूर्ण पालना गर्ने/गराउने निर्णयसमेत भएको छ।
विद्युतीय चुलो प्रयोग गरी एलपी ग्यासमाथिको निर्भरता कम गर्न तथा ग्यास वितरण, मूल्य तथा तेलसम्बन्धी कुनै गुनासो वा समस्या भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सबै उपभोक्तालाई जिल्ला प्रशासन कार्यालय, कास्कीले आग्रह गरेको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन