
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
काठमाडौँ, १६ साउन । सहकारी ठगीसम्बन्धी मुद्दाहरूको छिटो र प्रभावकारी न्याय निरूपण गर्न देशका बढी चाप भएका जिल्ला अदालतहरूमा छुट्टै ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी अध्ययन प्रतिवेदन प्रधानन्यायाधीश समक्ष पेस गर्दै यस्तो आग्रह गरेको हो।
सर्वोच्च अदालतले गत २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशअनुसार सहकारी मुद्दाको चाप रहेका जिल्ला अदालतहरूमा समर्पित इजलास स्थापना गर्न आवश्यक अध्ययन गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको थियो। सोही कार्यदलको प्रतिवेदन र सिफारिसका आधारमा मन्त्रालयले सर्वोच्च अदालतमा औपचारिक अनुरोध पठाएको हो।
सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै सहकारी मन्त्री प्रतिभा रावलले कार्यदलका पदाधिकारीहरूसहित सर्वोच्च अदालत पुगी प्रधानन्यायाधीश डा. मनोज शर्मालाई उक्त प्रतिवेदन बुझाएकी हुन्।
कार्यदलले तयार पारेको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक रूपमा हेरिएको छ। ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र समग्र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष जोडिने भएकाले यसलाई गम्भीर सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाहरू लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाउन नसक्ने, न्यायमा अनावश्यक ढिलाइ हुने तथा दोषीहरूले संरक्षण पाउने जोखिम बढ्ने ठहर प्रतिवेदनले गरेको छ।
पीडितहरूलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रति आम नागरिकको गुम्दै गएको जनविश्वास पुनःस्थापित गर्न र वित्तीय सुशासन कायम राख्न समर्पित इजलासको गठन अपरिहार्य रहेको निष्कर्ष मन्त्रालयको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन