
१पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
९अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११अफवाह नफैलाउन प्रहरीको आग्रह
१२बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
६‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
सुर्खेत, ८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सोमबार दिउँसो पार्टीको कार्यक्रम चलिरहेको सुर्खेतको शुभ होटलबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पक्राउ गरेका छन् ।
पुनर्गठन अभियानका लागि सुझाव संकलन गर्न सुर्खेत पुगेका पौडेल होटलको सभाकक्षमा अन्य एमाले नेताहरूसँग छलफल गरिरहेका बेला प्रहरी टोली पुगेर उनलाई नियन्त्रणमा लिएको हो । यो पक्राउले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार नै सुर्खेत जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर पौडेललाई पक्राउ गर्न निर्देशन दिएको थियो । विभागले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेर केही महत्वपूर्ण कागजात पनि बरामद गरेको स्रोतले जनाएको छ ।
विभागका अनुसार, पौडेलमाथि राज्य संयन्त्रमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हितमा काम गरेर लाभ लिएको गम्भीर आरोप छ । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् । विभागले उनलाई काठमाडौं ल्याएर हिरासतमा राख्ने र मंगलबार विशेष अदालतमा म्याद थपका लागि प्रस्तुत गर्ने तयारी गरेको छ ।
बालुवाटार प्रकरणबाट उन्मुक्ति, अब सम्पत्ति शुद्धीकरणको फन्दामा
पौडेल यसअघि बालुवाटार जग्गा प्रकरणमा जोडिएका थिए । उनको छोराको नाममा बालुवाटारको सरकारी जग्गा रहेको खुलासा भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यलाई प्रतिवादी बनाएर उनलाई उन्मुक्ति दिएको थियो । तर अब सम्पत्ति शुद्धीकरणको छानबिनले उनी फेरि चर्चामा आएका छन् ।
आठ पटक मन्त्री र पाँच पटक अर्थमन्त्री बनेका पौडेलले देशको अर्थतन्त्रको बागडोर सम्हालेका थिए । उनी पटक–पटक उपप्रधानमन्त्रीसमेत बने । तर राजनीतिक उचाइ र शक्तिको चरम प्रयोगका बाबजुद अहिले उनीविरुद्ध लागेको यो मुद्दाले एमाले पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा ठूलो बहस सिर्जना गरेको छ ।
पौडेल आइतबारदेखि सुर्खेतमा थिए । एमालेले देशभर पार्टी पुनर्गठन अभियान चलाइरहेको बेला उनी कर्णाली प्रदेशमा सुझाव संकलन कार्यक्रममा सहभागी थिए । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू पनि सहभागी थिए । तर सुझाव संकलनकै बीच पौडेल प्रहरीको नियन्त्रणमा परे ।
प्रहरीले उनलाई सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याउने तयारी गरेको छ । यो घटनाले एमालेको आन्तरिक पुनर्गठन अभियानलाई नै प्रभावित पार्ने देखिन्छ । विष्णु पौडेलको पक्राउ नेपाली राजनीतिमा शक्ति, सम्पत्ति र जवाफदेहिताको नयाँ अध्यायको सुरुवात हो कि भन्ने प्रश्न उठेको छ । विभागले थप अनुसन्धानलाई तीव्रता दिने भएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत