
१फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
३नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
६सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
९सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१०२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
११अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१२गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका निर्मल गौतम यतिबेला चर्चामा छन् । पर्वतको कुश्मा नगरपालिका–१२, ठूलीपोखरीमा जन्मिएका गौतमको राजनीतिक यात्रा र उनको व्यावसायिक पृष्ठभूमिको फेहरिस्त निकै प्रभावशाली छ । एक सामान्य किसान परिवारमा हुर्किएका गौतमले प्रारम्भिक शिक्षा गाउँमै पूरा गरेर वाणिज्य शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिइरहेका छन् ।
गौतमको व्यावसायिक जीवनको सुरुवात निकै कलिलो उमेरमा भयो । २३ वर्षकै उमेरमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाको उच्च पदमा रही उनले आफ्नो क्षमता सावित गरिसकेका थिए । विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा लेखापरीक्षण विभागको प्रमुख तथा कम्पनी सचिवको भूमिका निर्वाह गरिसकेका गौतमले कार्यकुशलताकै कारण गण्डकी प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयमा वित्तीय विश्लेषक तथा परामर्शदाताको जिम्मेवारीसमेत पाए । साढे तीन वर्षको अवधिमा उनले ७९ वटा सहकारीको अनुगमन गर्दै वित्तीय अपराधका जटिल विषयहरूको पर्दाफास गरे ।
विशेषगरी सहकारी ठगी र वित्तीय अपराध अनुसन्धानमा उनको योगदान अतुलनीय छ । उनले अनुसन्धान गरेका २७ वटा ठूला सहकारी ठगी प्रकरणबाट हजारौँ पीडितले न्याय पाउने बाटो खुलेको छ । बागलुङ, कास्की, नवलपुर, लमजुङ र स्याङ्जाका जिल्ला प्रहरी कार्यालयहरूसँगको समन्वयमा उनले कुल ८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको हिनामिना प्रकरणमा प्रमाण जुटाएर राज्यलाई अर्बौंको अवैध रकम करको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसबापत उनी विभिन्न जिल्ला प्रहरी कार्यालयहरूबाट पटक–पटक सम्मानितसमेत भइसकेका छन् ।
सहकारी क्षेत्रको अराजकतालाई चिर्दै आर्थिक पारदर्शिता र सुशासन स्थापना गर्ने दृढ अठोट बोकेका गौतम अब देशको नीति निर्माणको तहमा पुग्ने लक्ष्यका साथ रास्वपाको राजनीतिमा होमिएका हुन् । उनी स्थानीय तहमा म्युनिसिपल बन्ड वा ऋणपत्रमार्फत आर्थिक स्वायत्तता बढाउने, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने र प्रशासनिक अनुभवको प्रयोग गर्दै कानुनी राज्यको स्थापना गर्ने सपना देख्छन् । विशेषगरी अपराधको लाभग्राही केन्द्रित कानुन निर्माणमा उनको जोड छ, जसले मात्र वित्तीय अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता घटना हुन नदिन सकिन्छ ।
रास्वपाको केन्द्रीय समितिमा आफ्नो उम्मेदवारी किन भन्ने प्रश्नमा उनी स्पष्ट छन् । राजनीतिमा प्राविधिक दक्षता, नैतिकता र इमान्दारिताको खाँचो रहेको औँल्याउँदै उनी प्रशासनिक तथा सांगठनिक उचाई निर्धारण गर्न नयाँ प्रविधि र रणनीतिक सोचको आवश्यकता रहेको बताउँछन् । स्थानीय तहलाई बजेटमुखी र आत्मनिर्भर बनाउने आर्थिक मोडलसहित पार्टीको न्यायपूर्ण समाजको सपनालाई साकार पार्न आफू कटिबद्ध रहेको उनको भनाइ छ । वित्तीय अपराधको चिरफार गर्ने आफ्नो अनुभवलाई पार्टीको नीति र मुलुकको सार्वजनिक सेवा सुधारमा प्रयोग गर्ने अठोटसहित उनी रास्वपाको केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन