
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काभ्रे, जेठ ३० गते । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा शुक्रबार भएको भयावह बस दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको छ। बनेपाबाट रोशी गाउँपालिका–६, सुँगुरे जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ५ सय मिटर तल खस्दा उक्त दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका एक जवान र सिन्धुलीका एक जना रहेका छन्।
मृत्यु हुनेहरूमा रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ र ५५ वर्षीय राजु तामाङ रहेका छन्। त्यस्तै, सोही गाउँपालिका वडा नं. ७ का ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नं. ८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि घटनामा परी निधन भएको छ।
यसैगरी, दैलेख घर भई नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ की २२ वर्षीया सुमी लामाले पनि ज्यान गुमाएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार कार्य गरिएको थियो। दुर्घटनामा घाइते भएका अन्य १५ जनालाई तत्काल उद्धार गरी धुलिखेल अस्पताल लगिएको र उनीहरूको त्यहीँ उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। हाल मृतकका आफन्तहरूसँग सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। एकाएक भएको यो दुखद घटनाले सिंगो रोशी गाउँपालिकालाई शोकमा डुबाएको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन