
१रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
४रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
५रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
६गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
पोखरा, ३० वैशाख । कास्की जिल्ला भित्र सञ्चालनमा रहेका एम्बुलेन्स सेवालाई थप व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा बसेको समितिको बैठकले एम्बुलेन्सको वर्गीकरण, अनुगमन र प्रविधि जडान लगायतका १० बुँदे प्रस्तावमाथि छलफल गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढाएको हो।
बैठकले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ बमोजिम जिल्लाका सबै सरकारी तथा निजी एम्बुलेन्सहरूलाई अनिवार्य रूपमा जीपीएस (न्एक्) प्रणाली जडान गर्न निर्देशन दिएको छ। जीपीएस जडान नभएका र सञ्चालन अनुमति नलिएका एम्बुलेन्सहरूलाई तत्काल कानुनी दायरामा आउन पत्राचार गर्ने निर्णय भएको छ।
यस्तै, ‘ख’ वर्गमा स्तरोन्नति हुन नसकेका एम्बुलेन्सहरूलाई निर्देशिका अनुसार ‘ग’ वर्गको बिरामी ओसारपसार गर्ने सवारीका रूपमा अनुमति लिएर मात्र सञ्चालन गर्न भनिएको छ। मापदण्ड पुरा भए नभएको जाँच गर्न र अनुमति बिना सञ्चालित एम्बुलेन्सहरूलाई नियमन गर्न एउटा विशेष अनुगमन उपसमिति समेत गठन गरिएको छ।
आगामी वर्षायाममा हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै बैठकले एम्बुलेन्स र चालकहरूलाई २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको माग बमोजिम जिल्लाका सम्पूर्ण एम्बुलेन्सहरूको विवरण ‘विपद् पोर्टल’ मा प्रविष्टि गर्ने निर्णय भएको छ, जसले गर्दा आपतकालीन अवस्थामा एम्बुलेन्सको उपलब्धता सहजै पत्ता लाग्नेछ।
एम्बुलेन्स सेवामा हुने मनोमानी भाडा असुलीलाई रोक्न बैठकले कडा कदम चालेको छ। अबदेखि सबै एम्बुलेन्सहरूले समितिले तोकेको भाडादर यात्रुले देख्ने गरी स्पष्ट रूपमा टाँस्नुपर्नेछ। सेवाको पारदर्शिताका लागि एम्बुलेन्स सञ्चालक संस्थाहरूले आफ्नो आय–व्ययको विवरण नियमित रूपमा प्रादेशिक जनस्वास्थ्य केन्द्रमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
बैठकले चालकहरूको व्यवसायिकतालाई ध्यान दिँदै निर्देशिकाले तोकेको अनिवार्य पोशाक लगाउनुपर्ने निर्णय गरेको छ। चालकहरूको दक्षता अभिवृद्धिका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ।
यसका अतिरिक्त, पोखरास्थित पद्यमश्री हस्पिटल एण्ड एलाइड साइन्स प्रा.लि.ले ‘ख’ वर्गको एम्बुलेन्स खरिदका लागि मागेको राजस्व छुटको सिफारिसलाई आवश्यक कार्यान्वयनका लागि प्रादेशिक समितिमा पठाउने निर्णय समेत भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य क्षेत्रका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित