
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, ३० वैशाख । प्राचीन चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद उपचारको आडमा पोखरामा व्यापक विकृति र ठगी भइरहेको पाइएको छ। बिरामीको विश्वासको फाइदा उठाउँदै केही सञ्चालकहरूले गैरकानूनी र गुणस्तरहीन औषधीको व्यापार गरिरहेको तथ्य सार्वजनिक भएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार पोखरा–१०, बुद्धचोक क्षेत्रमा गरिएका आयुर्वेद अस्पताल र क्लिनिकहरूको अनुगमनका क्रममा यस्तो भयावह अवस्था फेला परेको छ। अनुगमन टोलीले अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधी व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रिएका औषधीहरू छ्यापछ्याप्ती फेला पारेको छ। जनस्वास्थ्यमाथि गम्भीर जोखिम निम्त्याउने यस्ता औषधीहरू प्रशासनले तत्काल बरामद गरी नष्ट गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आयुर्वेदको नाममा मौलाएको यो विकृति नियन्त्रणबाहिर जान थालेपछि अनुगमनमा कडाइ गरिएको हो। ‘अस्पताल र क्लिनिकका नाममा अवैध धन्दा चलाउनेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन,’ उनले भने, ‘कानूनी प्रक्रिया पूरा नगरी जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई कडा कारबाहीको दायरामा ल्याइनेछ।’
मापदण्ड मिचेरै सञ्चालन, कर्मचारीलाई नियुक्तिपत्र समेत छैन
अनुगमनका क्रममा भेटिएका दृश्यहरूले आयुर्वेद क्षेत्रमा रहेको चरम लापरबाहीलाई उजागर गरेको छ। कतिपय अस्पतालहरूमा दररेट स्पष्ट छैन भने कतिपयले दर्ता नवीकरण समेत नगरी बिरामी जाँच्ने धृष्टता गरेका छन्। अचम्मको कुरा त के छ भने, ठूला होर्डिङ बोर्डमा ‘अस्पताल’ लेखिए पनि भित्र न्यूनतम भौतिक पूर्वाधार समेत नभएको पाइएको छ।
त्यति मात्र होइन, कतिपय स्वास्थ्य संस्थाले चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्र समेत नदिई काममा लगाएको र आयुर्वेद विषयको आधारभूत ज्ञान नै नभएका व्यक्तिहरूले फार्मेसीमा बसेर औषधी सिफारिस गर्ने गरेको गम्भीर त्रुटि समेत भेटिएको छ। सञ्चालन अनुमति पत्र समेत नभएको पाइएपछि बुद्धचोकस्थित ‘फेमिली आयुर्वेदिक क्लिनिक’लाई तत्काल बन्द गराइएको छ।
नक्कली आश्वासन र दर्ता नभएका औषधीको जोखिम
गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपीनबन्धु आचार्यले बजारमा कानूनी मान्यता नपाएका र न्यून गुणस्तरका औषधीहरू भित्रिने गरेको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार धेरैजसो क्लिनिकहरूले औषधी व्यवस्था विभागमा दर्ता नै नभएका उत्पादनहरू बिरामीलाई भिडाउने गरेका छन्। अस्पताल आफैं सचेत हुनुपर्नेमा उल्टै नाफा कमाउनका लागि यस्ता अवैध औषधीको व्यापारमा संलग्न हुनुले यो क्षेत्रकै बद्नाम भइरहेको छ।
अनुगमन टोलीमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेलले ‘अस्पताल’ को नाम बेचेर भइरहेको यस्तो ठगी धन्दामा राज्यले थप कठोर कदम चाल्नुपर्नेमा जोड दिए। उनले भने, ‘यो केवल व्यापार मात्र होइन, नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अपराध हो। दोषीलाई कानूनी कठघरामा उभ्याउनै पर्छ।’
कुन–कुन संस्थामा भयो अनुगमन?
प्रशासनले बुद्धचोक क्षेत्रका नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम् आयुर्वेद, पोखरा हेल्दी होम्स्, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकमा छापा मारेको थियो। यीमध्ये अधिकांशले मापदण्डविपरीत भड्किला होर्डिङ बोर्ड राखेर बिरामीलाई आकर्षित गर्ने गरेको पाइएपछि ती बोर्डहरू तत्काल हटाउन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले कैफियत भेटिएका सबै संस्थाहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। यस अनुगमनमा पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रादेशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम र उपभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आयुर्वेदलाई शुद्ध उपचार पद्धतिका रूपमा टिकाई राख्न र सर्वसाधारणलाई ठगिनबाट बचाउन सरकारले यस्ता आकस्मिक अनुगमन र कारबाहीलाई निरन्तरता दिनुपर्ने सर्वसाधारणको माग छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन