
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
पोखरा,२७ वैशाख । कास्की जिल्लामा किर्ते र जालसाजीका दुई फरक तर गम्भीर प्रकृतिका घटनाहरू सार्वजनिक भएका छन् । एउटा घटनामा आफ्नै श्रीमानको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी बैंकबाट लाखौं ऋण निकालेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–३० मा जग्गा धनीको अनुमति विना नै हस्ताक्षर किर्ते गरी बैंकबाट ५० लाख रुपैयाँ ऋण निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–३० ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५२ वर्षीय मोहन बहादुर शाहीको नाममा रहेको पोखरा–३० स्थित कित्ता नं. २४४४ र २४४७ को जग्गामा निजकै श्रीमती वन्ती शाही र भद्र थापाले शाहीको सहिछाप किर्ते गरेका थिए । उनीहरूले सो किर्ते कागजातका आधारमा सिद्धार्थ बैंक लिमिटेड, तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण निकालेको भेटिएको छ ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरूलाई वैशाख २५ गते पक्राउ गरेको हो । उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरी बहादुर वस्नेतले जानकारी दिएका छन् ।
यस्तैं, अर्कोतर्फ अंश मुद्दा चलिरहेका बेला श्रीमतीलाई फसाउन श्रीमानले नै चेक चोरी गरी किर्ते हस्ताक्षर गर्दै रकम भरेर अर्कै व्यक्तिमार्फत् अदालतमा लेनदेनको मुद्दा दायर गर्दै ठगी गरेको तथ्य सार्वजनिक भएको छ ।
पोखरामा श्रीमतीलाई कानुनी जालमा फसाउन श्रीमानले नै चेकबुक चोरी गरी किर्ते हस्ताक्षरमार्फत करोडौँको अवैध ऋण देखाउन खोजेको सनसनीपूर्ण रहस्य बाहिर आएको थियो । पोखरा महानगरपालिका वडा नं. ७ शान्तिनगरकी कञ्चन सेडाईले आफ्ना श्रीमान अनुप घर्ती जिसीले घरबाट चेकबुक, सुन र नगद चोरी गरी आफूलाई आर्थिक र कानुनी संकटमा पार्ने षड्यन्त्र गरेको दाबी गरेकी छिन्।
जिल्ला अदालत कास्कीमा विगत डेढ वर्षदेखि अंश, घरेलु हिंसा र मानाचामलसम्बन्धी मुद्दा चलिरहेकै अवस्थामा अनुपले यस्तो प्रपञ्च रचेको देखिएको छ। कञ्चनका अनुसार गत २०८२ मंसिर १६ गते घरमा कोही नभएको मौका पारेर अनुपले दराजमा राखिएका प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र नबिल बैंकका तीनवटा चेकबुकसहित बहुमूल्य गहना र नगद चोरी गरेका थिए।
ती चोरिएका चेकहरूमा अनुप आफैँले रकम भर्ने, किर्ते हस्ताक्षर गर्ने र विभिन्न व्यक्तिका नाममा लेनदेनको मुद्दा हाल्न लगाउने योजना अनुसार नैं लेनदेनको झुटो मुद्दा जिल्ला अदालत कास्कीमा केही दिनअघि दर्ता भएको भर्खरैं मात्र थाहा पाएको बताईन् ।
यस घटनालाई थप पुष्टि गर्ने एउटा गोप्य अडियो रेकर्ड समेत सार्वजनिक भएको छ। उक्त अडियोमा अनुप घर्तीले चेक लिने व्यक्तिलाई प्रहरी वा अदालतमा के कस्तो बयान दिने र कसरी आफू जोगिने भन्ने विषयमा निर्देशन दिइरहेको सुनिन्छ। “तपाईंले कुरा बुझ्नुभयो नि, त्यही अनुसार गर्नुहोला“ भन्दै अनुपले किर्ते कारोबारलाई वैध देखाउन दबाब दिएको अडियोमा सुनिन्छ, जसमा चेक लिने व्यक्तिले आफू फस्न लागेको भन्दै डर व्यक्त गरेका छन्।
अनुप घर्ती जिसी र राजु सुनारको पृष्ठभूमि समेत विवादित र आपराधिक देखिएको छ। उनी यसअघि पनि यौन हिंसा, अभद्र व्यवहार र चोरीको सुन किनबेच जस्ता गम्भीर अभियोगमा पक्राउ परेका व्यक्ति हुन्। यता, घर्ती भने आफ्नै घरमा भाडामा बस्ने युवतीमाथि यौनजन्य हिंसा गरेको आरोपमा केही समयअघि मात्र प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएका पात्र हुन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग