
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
भाडावापतमात्र कमलमान श्रेष्ठले १ करोड ७५ लाख रुपैयाँ दिन बाँकी रहेको प्रवेशकुमार राजभण्डारीको दावी छ ।
पोखरा, १६ वैशाख । लामो समय प्रवासमा पसिना बगाएर स्वदेशमै केही गर्ने उद्देश्यका साथ अर्बौंको सपना बोकेर नेपाल फर्किएका एक उद्यमी यतिबेला बिचौलिया, मिटरब्याजी र बैकिङ सेटिङको चक्रव्यूहमा परेर सडकमा पुगेका छन्।
३० वर्षसम्म जापानमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरी थुपारेको पुँजी र अनुभव पोखराको पर्यटन क्षेत्रमा लगानी गरेका प्रवेशकुमार राजभण्डारी यतिबेला षडयन्त्र र संकटको भूमरीमा फसेका छन् । ३० वर्षअघि २२ वर्षको उमेरमा मिठो सपना बुनेर जापान पुगेका म्याग्दी, अर्थुङ्गेका प्रवेशकुमार राजभण्डारी यतिबेला न्यायको याचना गर्दै प्रशासनको ढोका ढकढक्याउन बाध्य भएका छन् । आज बुधबार मात्र उनले जिल्ला प्रशासन कार्यालय कास्कीमा यस विषयमा उजुरी समेत दिएका छन् ।
जापानमा छँदा त्यहाँका रेष्टुरेन्टहरूमा पसिना बगाएर करोडौं आर्जन गरेका उनले ‘आफ्नै देशमा केही गरौं’ भन्ने पवित्र उद्देश्यका साथ आर्जित पुँजी र सीप बोकेर पोखरा फर्किएका थिए । यतिबेला भने उनी आफ्नै देशका बिचौलिया, मिटरब्याजी र बैंकिङ सेटिङको चक्रव्यूहमा परेर सडकमा पुगेका छन्। उनको जिवनभरको कमाई र करोडौंको लगानी बालुवामा पानी झैं भएको छ ।
राजभण्डारीले पोखरा महानगरपालिका–१८, गैराचौतारामा रहेको आफ्नो घरजग्गामा सञ्चालित ‘होटल ग्रान्ड शिवालय एण्ड रेष्ट्रो’ सञ्चालनका लागि २०७४ साल पुस २० गते कमलमान श्रेष्ठसँग १० वर्षका लागि घरभाडा सम्झौता गरेका थिए। सम्झौता अनुसार मासिक २ लाख २५ हजार रुपैयाँ भाडा बुझाउने र ६५ लाख रुपैयाँ धरौटी राख्ने सहमति भएको थियो।
तर, यो व्यापारिक सम्बन्ध लामो समय सुमधुर रहन सकेन। राजभण्डारीका अनुसार श्रेष्ठले भाडा दिन आलटाल गर्ने र उल्टै अनिलकुमार श्रेष्ठमार्फत धम्की दिने काम सुरु भयो। यही द्वन्द्वका बीच राजभण्डारीले पोखरा-२८ मा ‘पोखरा हेवन रिसोर्ट’ निर्माणका लागि थप लगानी जुटाउन खोज्दा उनी मिटरब्याजीको फन्दामा परे।

होटल ग्रान्ड शिवालय एण्ड रेष्ट्रो
३ करोडको तमसुक र ७ करोडको दाबी
आर्थिक संकट टार्न राजभण्डारीले बिचौलिया काशिराम लामिछानेमार्फत स्याङ्जा पञ्चमुलका शालिकराम ढकालसँग ३ करोड १८ लाख रुपैयाँको तमसुक गरे। २०७८ साल असोज १२ गते भएको उक्त कपाली तमसुकमा ३ करोड १८ लाख रुपैयाँ लिएको उल्लेख भए तापनि राजभण्डारीको दाबी छ कि १८ लाख रुपैयाँ बिचौलिया र लगानीकर्ताले नै बाँडेर उनलाई ३ करोड मात्र दिइएको थियो।

३ करोडको तमसुक, ७ करोडको दाबी
उक्त ऋणको सुरक्षणका लागि उनले आफ्नो घरजग्गा ढकालको नाममा ‘पछि फिर्ता गर्ने’ शर्तमा नामसारी गरिदिएका थिए। तर, राजभण्डारी बिरामी परेर अस्पताल भर्ना भएको मौका छोपी होटलका सामानहरू चोरी गरी भाडावाल कमलमान श्रेष्ठ फरार भएको र मिटरब्याजी ढकालले होटल कब्जा गरेको उनको आरोप छ। अहिले सोही ऋण फिर्ता गर्न जाँदा सावाँ–ब्याज गरेर ७ करोडको हिसाब देखाई आफूलाई उठिबास लगाइएको राजभण्डारीले निवेदनमा उल्लेख गरेका छन्। भाडावापतमात्र कमलमान श्रेष्ठले १ करोड ७५ लाख रुपैयाँ दिन बाँकी रहेको राजभण्डारीको दावी छ ।
रिसोर्टमा पनि उस्तै खेलः बिचौलिया र म्यानेजरको सेटिङ
राजभण्डारीको संकट यतिमा मात्र सीमित छैन। उनको अर्को ड्रिम प्रोजेक्ट ’पोखरा हेवन रिसोर्ट’ खरिद गर्ने बहानामा काठमाडौंका राजेन्द्र नन्द वैद्य र बिचौलिया रमेश लामा मोक्तानले ४० लाख बैना दिएर रिसोर्ट नै कब्जा गरेको उनको आरोप छ। पूर्व म्यानेजर सुनिल गुरुङ र वैद्य मिलेर रिसोर्टका सामानहरू चोरी गरी अन्यत्र लगेको र आफूलाई ज्यान मार्ने धम्की दिएर ५० लाखको कागजमा जबरजस्ती हस्ताक्षर गराएको राजभण्डारीको भनाइ छ।

प्रवेशकुमार राजभण्डारीको ड्रिम ‘प्रोजेक्ट पोखरा हेवन रिसोर्ट’।

पोखरा–२८ मा बन्न लागेको पोखरा हेभन रिर्सोटमा जापानिज लगानीकर्ता साई मारुसँग । साईको अकस्मात निधनले गर्दा प्रवेशकुमार राजभण्डारी आर्थिक संकटमा फस्न पुगे ।
आरोपित पक्षको दाबीः ‘हामी उल्टै पीडित हौं’
यस विषयमा आरोपित पक्षसँग बुझ्दा उनीहरूले आरोप अस्वीकार गरेका छन्। सुनिल गुरुङ (पूर्व म्यानेजर)ले आफूले नै राजभण्डारीलाई डेढ करोड रुपैयाँ सहकारीबाट झिकेर दिएको दाबी गरे। ‘म पार्टनर पनि हुँ, त्यसैले यो हडपेको होइन। उहाँ वार्तामा आउनुहुन्न, धेरैलाई पैसा तिर्नुछ,’ गुरुङले भने।

पवर्तमा रहेको लालटिन रिसोर्ट, जुन यतिबेला सुनिल गुरुङले सञ्चालन गरिरहेका छन् ।
कमलमान श्रेष्ठको नम्बरमा सम्पर्क गर्दा अनिल श्रेष्ठले फोन उठाउँदैं राजभण्डारीले नै आफ्नो पैसा लिएर भागेको आरोप लगाए । ‘हामीलाई भाडामा दिएपछि उक्त होटल शालिकराम ढकालको नाममा मालपोत कार्यालयमा पास गरेर धितोमा राखेछन्’, अनिलले भने–‘लालपुर्जा आफ्नो नाममा भएका ढकालको टिमले आफूहरूलाई प्रहरी प्रशासन लगाएर होटलबाट निकालेको हो, हामी भागेर गएका होइनौं ।’
जबरजस्ती होटल कब्जा गरेको आरोप लागेका शालिकराम ढकालसँग पटक–पटक सम्पर्क गर्दा र म्यासेज पठाउँदा पनि उनी सम्पर्कमा आउन चाहेनन्।

बोक्सी, मरेका मान्छे (पितृ), भूत र आत्मा बोलाउने नाममा ठगीधन्दा सञ्चालन गर्दै आईरहेका कमलमान श्रेष्ठ ।

होटलका सामानहरू चोरी गरी भाडावाल कमलमान श्रेष्ठ फरार भएको प्रवेशकुमार राजभण्डारीले आरोप लगाएका छन् ।
न्यायको पर्खाइमा ८३ वर्षीया आमा र परिवार
स्वदेशमा केही गर्ने हुटहुटी बोकेर आएका व्यवसायी राजभण्डारी यतिबेला मानसिक तनाव र आर्थिक संकटको चरम बिन्दुमा छन्। एकातिर ८३ वर्षीया वृद्ध आमा र परिवारको जिम्मेवारी छ भने अर्कोतिर मिटरब्याजी र बिचौलियाको धम्की।
नेपालको कानुनले मिटरब्याजलाई अपराध घोषणा गरिसकेको अवस्थामा, यति ठूलो परिमाणको सम्पत्ति र व्यवसाय कसरी व्यक्तिको कब्जामा पुग्यो? के प्रशासनले यी कागजी सम्झौता र पर्दा पछाडिका खेलहरूको सुक्ष्म अनुसन्धान गरी पीडितलाई न्याय देला? यो घटनाले नेपालमा वैदेशिक रोजगारीबाट फर्किएर लगानी गर्नेहरूका लागि कति जोखिम छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ।
विदेशी भूमिमा आर्जेको सम्पत्ति स्वदेशको माटोमा लगाउँदा बिचौलिया र कानुनको छिद्र खेल्ने समूहले कसरी एक उद्यमीलाई सडकमा पुर्याउँछन् भन्ने यो घटना एक प्रतिनिधि उदाहरण बनेको छ। प्रहरी र प्रशासनले यस विषयमा कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ।


ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठले घरधनी प्रवेशकुमार राजभण्डारीसँग गरेको घरभाडा सम्झौंता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा