
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ११ पुस। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहेका कास्की क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि होम बहादुर बस्याल (बिमल) ले पार्टीको क्रियाशील राजनीतिबाट विश्राम लिने निर्णय गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसहित पार्टीको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको जानकारी गराएका छन् ।
बस्यालले जारी गरेको विज्ञप्तिमा आफ्नो राजनीतिक यात्राको संक्षिप्त समीक्षा गर्दै भनेका छन्, ‘विगत लामो समयदेखि नेपाल विद्यार्थी संघ र तरुण दल हुँदै नेपाली कांग्रेसको क्रियाशील सदस्यको रूपमा यात्रा गरें । १४औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्ने अवसर प्राप्त गरें । नेपाली कांग्रेसलाई बलियो र संगठित बनाउन हरसम्भव प्रयत्न गरें । महान् नेता बीपी कोइरालाको जीवनी पढेर हुर्किएको म, बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको कांग्रेसको सिपाही बन्ने प्रयासमा सदैव लागिपरेको थिंए । त्यसमा कति सफल भएँ, त्यो नेतृत्व र आमजनताले मूल्यांकन गरिसकेका होलान् ।’
उनले वर्तमान राजनीतिक परिदृश्यप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै देश कुशासन, भ्रष्टाचार, बेथिति र राजनीतिक लुछाचुडीको दलदलमा फसेको बताएका छन् । ‘यो सामान्य कुरा होइन, यो देश र जनताप्रति गम्भीर लापरबाही र विश्वासघात हो,’ उनले लेखेका छन्, ‘यस्ता कार्यले मेरो र आउने पुस्ताको भविष्यमाथि दलहरूले गरेको बेइमानी छरपष्ट भएको छ ।’
तथापि, उनले आफूले पसिना र रगतले सिंचेको नेपाली कांग्रेस यस्ता जालझेल र समस्याबाट छिट्टै मुक्त होस् भन्ने कामना व्यक्त गरेका छन् । ‘लोकतान्त्रिक पार्टी कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर बन्छ । त्यसैले देशको लोकतन्त्र बलियो बनाउन कांग्रेस पनि बलियो भएर उभियोस्,’ उनको भनाइ छ ।
प्रजातन्त्र र लोकतन्त्रमा विश्वास राख्ने एक जिम्मेवार नागरिकको हैसियतले देश दलदलमा फसेको बेला चुप लागेर बस्न नसक्ने बताउँदै बस्यालले भनेका छन्, ‘कांग्रेस निर्माणको सुरुवाती दिनमा शहीद भएका र बलियो कांग्रेसमार्फत सबल नेपालको संरचना बनाउने सोच राख्ने श्रद्धेय नेताहरूको योगदान र आजको कांग्रेसको पथ फरक भएकोमा दुईमत छैन । समाज रूपान्तरणका लागि पहिला आफैं रूपान्तरित हुन जरुरी छ भन्ने विश्वासका साथ म वर्तमान नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको छु ।’
उनले यसै विज्ञप्तिमार्फत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसहित कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको औपचारिक जानकारी गराएका छन् । बिमल नेपाली कांग्रेसको विद्यार्थी तथा युवा संगठनबाट राजनीतिमा प्रवेश गरेका पुराना तथा सक्रिय कार्यकर्ता मानिन्छन् । उनको यो निर्णयले कास्कीको कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा