
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, पुस ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै जन्मथलो कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरिएको छ।
पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रचण्डको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरेको हो। कास्कीको ढिकुरपोखरीमा जन्मिएका दाहाललाई औपचारिक तथा अनौपचारिक भेटघाटमा स्थानीय नेताहरूले जन्मथलोबाट चुनाव लड्न आग्रह गर्दै आएका छन्। पार्टी केन्द्रीय सदस्य रामजीप्रसाद बराल ‘जीवन’का अनुसार, ‘जन्मथलोले सर्वसम्मत रूपमा उहाँलाई बोलाएको छ। हाम्रो आग्रह मानिदिनुहुनेमा विश्वस्त छौं।’
यद्यपि प्रचण्डले यस क्षेत्रबाट चुनाव लड्ने इच्छा नदेखाएमा अन्य १५ जना नेताले उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन्। तीमध्ये प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी (प्रकाश दाहालकी पत्नी), केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’, दुर्गा विक, भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल, गणेश आचार्य तथा एकीकृत समाजवादीका पूर्व प्रदेश संयोजक कृष्ण नेपाली छन्। यसैगरी शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीलाई पनि जेनजी क्लस्टरबाट सिफारिस गरिएको छ।
जिल्ला कमिटीमा सबै आकांक्षीको नाम पठाइए पनि अन्तिम निर्णय पार्टी केन्द्रले गर्नेछ।
प्रचण्डको निर्वाचन इतिहासः
२०६४ (पहिलो संविधानसभा): काठमाडौं–१० र रोल्पा–२ बाट विजयी।
२०७० (दोस्रो संविधानसभा) : काठमाडौं–१० मा पराजित, सिराहा–५ बाट विजयी।
२०७४ः चितवन–३ बाट विजयी।
२०७९ः गोरखा–२ बाट विजयी।
यसैबीच, कास्की क्षेत्र नम्बर १ बाट दीपक कोइराला, राजकाजी गुरुङ (करण), श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, तेजकुमारी पौडेल, गायत्री गुरुङ, बखानसिंह गुरुङ, डिलु पन्त, सुमन सुवेदीलगायतका नाम सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा (किरण), सुदर्शन पराजुली, इमरान खान, रुद्र गौतम, रुद्रबहादुर विक, बमबहादुर कार्की, गुणराज बास्तोला, श्रीनाथ बराल, मोहनबहादुर बस्नेत, मदन आचार्य र सुमन देवकोटालगायतका नाम सिफारिस गरिएको छ। निर्वाचन तयारीअन्तर्गत विभिन्न पार्टीहरूले उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएका छन्।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा