
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, पुस ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै जन्मथलो कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरिएको छ।
पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रचण्डको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरेको हो। कास्कीको ढिकुरपोखरीमा जन्मिएका दाहाललाई औपचारिक तथा अनौपचारिक भेटघाटमा स्थानीय नेताहरूले जन्मथलोबाट चुनाव लड्न आग्रह गर्दै आएका छन्। पार्टी केन्द्रीय सदस्य रामजीप्रसाद बराल ‘जीवन’का अनुसार, ‘जन्मथलोले सर्वसम्मत रूपमा उहाँलाई बोलाएको छ। हाम्रो आग्रह मानिदिनुहुनेमा विश्वस्त छौं।’
यद्यपि प्रचण्डले यस क्षेत्रबाट चुनाव लड्ने इच्छा नदेखाएमा अन्य १५ जना नेताले उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन्। तीमध्ये प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी (प्रकाश दाहालकी पत्नी), केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’, दुर्गा विक, भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल, गणेश आचार्य तथा एकीकृत समाजवादीका पूर्व प्रदेश संयोजक कृष्ण नेपाली छन्। यसैगरी शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीलाई पनि जेनजी क्लस्टरबाट सिफारिस गरिएको छ।
जिल्ला कमिटीमा सबै आकांक्षीको नाम पठाइए पनि अन्तिम निर्णय पार्टी केन्द्रले गर्नेछ।
प्रचण्डको निर्वाचन इतिहासः
२०६४ (पहिलो संविधानसभा): काठमाडौं–१० र रोल्पा–२ बाट विजयी।
२०७० (दोस्रो संविधानसभा) : काठमाडौं–१० मा पराजित, सिराहा–५ बाट विजयी।
२०७४ः चितवन–३ बाट विजयी।
२०७९ः गोरखा–२ बाट विजयी।
यसैबीच, कास्की क्षेत्र नम्बर १ बाट दीपक कोइराला, राजकाजी गुरुङ (करण), श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, तेजकुमारी पौडेल, गायत्री गुरुङ, बखानसिंह गुरुङ, डिलु पन्त, सुमन सुवेदीलगायतका नाम सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा (किरण), सुदर्शन पराजुली, इमरान खान, रुद्र गौतम, रुद्रबहादुर विक, बमबहादुर कार्की, गुणराज बास्तोला, श्रीनाथ बराल, मोहनबहादुर बस्नेत, मदन आचार्य र सुमन देवकोटालगायतका नाम सिफारिस गरिएको छ। निर्वाचन तयारीअन्तर्गत विभिन्न पार्टीहरूले उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएका छन्।