
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं, १४ मंसिर । त्रिवि शिक्षण अस्पतालको कुरुवा घरको साँघुरो कोठरीमा उदकुमारी खाना पकाउँदै थिइन्। उनको १८ वर्षको छोरो लक्ष्मण (ढकबहादुर नेपाली) ५१ दिनदेखि भेन्टिलेटरमा छन्। घाँटीको पछाडिबाट गोली लागेर स्पाइनल कर्ड छिनभिन्न भएको छ। घाँटीमुनिको शरीर पूरै लुलो छ। दिसापिसाब आएको चालै पाउँदैनन्।
यो घाउ भदौ २४ गते पोखराको जिल्ला प्रहरी कार्यालय कास्कीअगाडि जेनजी आन्दोलनका क्रममा लागेको हो। त्यो दिन देशभरि आगो बलिरहेको थियो। अघिल्लो दिन भदौ २३ मा काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीको गोलीले १९ जना युवा मारिएपछि भदौ २४ मा पोखरा, भरतपुर, नेपालगञ्ज, धरानलगायत ठाउँमा आन्दोलन उर्लियो। पोखरामा मात्र दर्जनौं घाइते भए, लक्ष्मण तीमध्ये एक हुन्।
मादी गाउँपालिका वडा नं. ८ कास्कीका लक्ष्मण (ढकबहादुर)लाई घरबाट जिल्ला प्रहरी कार्यालयसम्म पुग्न जम्मा ३५ रुपैयाँ भाडा लाग्छ। तर त्यही छोटो बाटो भदौ २४ मा उनको जिन्दगीको सबैभन्दा लामो बनिदियो। साँझ साढे ६ बजेतिर प्रहरीले चलाएको गोली घाँटीको पछाडिबाट छिरेर कुमसम्म पुग्यो। साथीहरूका अनुसार गोली लागेपछि पनि प्रहरीले भित्र तानेर लाठी, बुट र बन्दुकको कुन्दाले निर्मम कुटपिट गरे। त्यही कुटाइले पेटदेखि ढाडसम्म छाला पिल्सियो। नयाँ जुत्ता–मोजा रगतले टम्म भिज्यो।
उदकुमारी मेलापातबाट फर्किंदै थिइन्, साढे सात बजेतिर फोन आयो। बुहारीसँग पुग्दा छोरो रगताम्य थियो। आँखा खोलेका थिएनन्। मुखबाट रगतको फोका आइरहेको थियो। त्यही रातदेखि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखियो। प्रेसर एकदमै कम भएकाले छ दिनसम्म अप्रेसन गर्नै सकिएन। छैटौं दिन बल्ल स्पाइनल कर्ड जोगाउन पाता राखेर गोली निकालियो।

घाइते लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाडौं पठाउँदैं प्रजिअ रुद्रादेवी शर्मा र कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीसहित सुरक्षा निकायको टोली । फाईल तस्विर
‘डाक्टरले भनेका थिए-हातखुट्टा चल्न पनि सक्छ, सधैंका लागि नचल्न पनि सक्छ,’ उदकुमारीले सम्झिन्, ‘त्यो कागजमा सही गर्दा मेरो हात काँपेको थियो।’ पहिले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भयो। परिवारले ‘काठमाडौं लगेर जसरी पनि बचाउनुपर्यो’ भनेर आग्रह गरे।
पोखराकै सिडिओ रुद्रादेवी शर्माले अस्पताल आएर सोधिन्, ‘के चाहनुहुन्छ ?’ उदकुमारीले भनिन्, ‘काठमाडौं लगिदिनुस्।’ त्यसपछि एम्बुलेन्समा ल्याइयो। यहाँ आएपछि अलि सास फेर्न सजिलो भएको छ, तर भेन्टिलेटर अझै छोड्न सकेका छैनन्।
अहिले दश दिन भयो, मुखबाट खाना खान थालेको। तर एक–दुई चम्चामात्र। नुन नहालेको खाना पनि चर्को नुनिलो, खुर्सानी नहालेको पनि बेस्सरी पिरो लाग्छ रे। बोल्दा हिक्हिक आवाज आउँछ। बेलाबेला सास गाह्रो भएर हिक्हिक–हिक्हिक गरिरहन्छन्। त्यो सुन्दा आमाको मुटु काम्छ।
कुरुवा घरको भित्तामा ‘आइसियु बि–३’ लेखेर टालिएको कागज अझै छ। त्यहीअगाडि म्याट ओछ्याएर आमा, ठूली दिदी, दश कक्षामा पढ्ने कान्छी बहिनी र बहिनीकी छोरी चार जना रात काट्छन्। ठूली दिदी काम छोडेर भर्खर पोखराबाट आइपुगिन्। कान्छीको एसइई नजिकिँदैछ, तर किताब छुनै पाएकी छैनन्।
बुबा दुबईमा छन्। घरको गुजारा मेलापात र छोरीहरूको कमाइले चल्थ्यो। अहिले सबै ठप्प छ। प्रधानमन्त्री सुशीला कार्की आफैं अस्पताल आएर भेटिन्, आश्वासन दिइन्। तर आमालाई आश्वासनले छोरोको हिक्हिक रोकिँदैन।
‘घरीघरी भन्छ-आमा, मेसिन घरमै लगेर राखौँ न, म सास फेर्न सक्छु,’ उदकुमारीले आँसु थाम्दै भनिन्, ‘ऊ हिक्हिक गर्छ, म रुन्छु। ऊ फेरि हिक्हिक गर्छ, म फेरि रुन्छु। यो हिक्हिक रोकिने कहिले होला, थाहा छैन।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई