
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेतृत्वका ८ कम्युनिष्ट घटकहरूबीच आइतबार पेरिसडाँडामा बसेको बैठकले १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको छ । यो सहमतिले संघीय गणतन्त्र जोगाउने, राष्ट्रिय स्वाधीनता बलियो बनाउने, सुशासन कायम गर्ने, सामाजिक न्याय दिने र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बृहत् कम्युनिस्ट एकताको ढोका खोलेको नेताहरूले बताएका छन् ।
सहमतिमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी जनसमाजवादी पार्टी, नेपाल), नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) गरी ८ दल सामेल छन् ।
आगामी कात्तिक १९ गते सबै घटकका केन्द्रीय समितिको संयुक्त भेला अर्थात् एकता राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको घोषणा गरिनेछ । त्यही दिन घोषणापत्र, अन्तरिम विधान पारित हुनेछन् र केन्द्रीय समिति गठन हुनेछ । छ महिनाभित्रै एकता राष्ट्रिय महाधिवेशन पनि बोलाइने छ ।
नयाँ पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यक्रम बनाउनेछ । तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिका उपलब्धि जोगाउने, राष्ट्रिय स्वाधीनता संरक्षण गर्ने, सुशासन कायम गर्ने, सामाजिक न्याय दिने र आर्थिक समृद्धि ल्याउँदै समाजवादको आधार तयार पार्ने रणनीति अपनाइनेछ ।
आन्दोलन मुख्य रूपमा शान्तिपूर्ण रहनेछ तर आवश्यक परे सडक, संसद् र सरकार सबै मोर्चा प्रयोग गरिनेछ ।
केन्द्रीय समिति सहभागी सबै दलका पुराना केन्द्रीय समितिलाई समायोजन गरेर आपसी सहमतिमा गठन गरिनेछ । यसमा राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहनेछन् । केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।
सबै तहका समिति र जनसंगठनमा इन्चार्ज तथा सहइन्चार्ज, संयोजक तथा सहसंयोजक सहभागी घटकबाटै राख्ने प्रयास गरिनेछ । कुनै पनि सदस्य दुई तहसम्म रहन सक्नेछन् । समितिहरू सामूहिक नेतृत्वमा जनवादी केन्द्रीयताका आधारमा सञ्चालन हुनेछन् ।
एकता घोषणापछि राजनीतिक प्रतिवेदन र कार्यक्रम तयार गर्न कार्यदल गठन गरिनेछ भने संगठनात्मक समायोजनका लागि पनि विभिन्न तहमा कार्यदल बन्नेछन् ।
केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी रहनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति तथा टोल र प्रारम्भिक तहमा संगठन समिति रहनेछन् ।
पार्टीको नाम अझै टुंगो लागेको छैन तर चुनाव चिन्ह पाँचकुने तारा हुने सहमति भएको छ । वैचारिक–राजनीतिक मतभेद भए निरन्तर छलफल गरेर महाधिवेशनमा टुंगो लगाइने छ । सबै काम सहमति र समझदारीमै गरिने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी