
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेतृत्वका ८ कम्युनिष्ट घटकहरूबीच आइतबार पेरिसडाँडामा बसेको बैठकले १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको छ । यो सहमतिले संघीय गणतन्त्र जोगाउने, राष्ट्रिय स्वाधीनता बलियो बनाउने, सुशासन कायम गर्ने, सामाजिक न्याय दिने र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बृहत् कम्युनिस्ट एकताको ढोका खोलेको नेताहरूले बताएका छन् ।
सहमतिमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी जनसमाजवादी पार्टी, नेपाल), नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) गरी ८ दल सामेल छन् ।
आगामी कात्तिक १९ गते सबै घटकका केन्द्रीय समितिको संयुक्त भेला अर्थात् एकता राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको घोषणा गरिनेछ । त्यही दिन घोषणापत्र, अन्तरिम विधान पारित हुनेछन् र केन्द्रीय समिति गठन हुनेछ । छ महिनाभित्रै एकता राष्ट्रिय महाधिवेशन पनि बोलाइने छ ।
नयाँ पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यक्रम बनाउनेछ । तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिका उपलब्धि जोगाउने, राष्ट्रिय स्वाधीनता संरक्षण गर्ने, सुशासन कायम गर्ने, सामाजिक न्याय दिने र आर्थिक समृद्धि ल्याउँदै समाजवादको आधार तयार पार्ने रणनीति अपनाइनेछ ।
आन्दोलन मुख्य रूपमा शान्तिपूर्ण रहनेछ तर आवश्यक परे सडक, संसद् र सरकार सबै मोर्चा प्रयोग गरिनेछ ।
केन्द्रीय समिति सहभागी सबै दलका पुराना केन्द्रीय समितिलाई समायोजन गरेर आपसी सहमतिमा गठन गरिनेछ । यसमा राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहनेछन् । केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।
सबै तहका समिति र जनसंगठनमा इन्चार्ज तथा सहइन्चार्ज, संयोजक तथा सहसंयोजक सहभागी घटकबाटै राख्ने प्रयास गरिनेछ । कुनै पनि सदस्य दुई तहसम्म रहन सक्नेछन् । समितिहरू सामूहिक नेतृत्वमा जनवादी केन्द्रीयताका आधारमा सञ्चालन हुनेछन् ।
एकता घोषणापछि राजनीतिक प्रतिवेदन र कार्यक्रम तयार गर्न कार्यदल गठन गरिनेछ भने संगठनात्मक समायोजनका लागि पनि विभिन्न तहमा कार्यदल बन्नेछन् ।
केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी रहनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति तथा टोल र प्रारम्भिक तहमा संगठन समिति रहनेछन् ।
पार्टीको नाम अझै टुंगो लागेको छैन तर चुनाव चिन्ह पाँचकुने तारा हुने सहमति भएको छ । वैचारिक–राजनीतिक मतभेद भए निरन्तर छलफल गरेर महाधिवेशनमा टुंगो लगाइने छ । सबै काम सहमति र समझदारीमै गरिने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की