
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै आज शनिबार देशव्यापी रुपमा मसाल जुलुशको प्रदर्शन गरेको छ । सोही क्रममा पोखराको जिरोकिलोमिटर नजिकैं कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरुले मसाल जुलुश प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।
पार्टीको विशेष बैठकबाट पारित संघर्षका कार्यक्रमहरु अनुसार कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा र २० गते काठमाडौंमा बृहत जनसभाको आयोजना गर्ने कार्यक्रम रहेको विद्यार्थी संगठन अखिल (समाजवादी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज युवा नेता प्रकाश बास्तोला ‘मार्शल’ले जानकारी दिए । यसअघि पार्टीले कात्तिक १३ गते भित्ते लेखन कार्यक्रम सम्पन्न गरिसकेको उनले बताए ।
आज भएको मसाल जुलुश प्रदर्शनमा ‘जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिन गर’, ‘सर्वपक्षीय अन्तरिम सरकार गठन गर’, ‘भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर’, ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर’, ‘अग्राधिकारसहितको समाजवाद निर्माण गर’, ‘दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर’ र ‘युवाहरूको लागि रोजगारीको ग्यारेन्टी गर’ लगायतका नाराहरु लगाइएको थियो ।