
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबै नेपालीलाई अपिल गरेकी छन्।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले छठ पर्वले सत्य, अहिंसा र प्रकृतिप्रेमको सन्देश बोकेर तराई र पहाडबीच सांस्कृतिक तथा सामाजिक एकताको सेतुको रूपमा काम गरेको उल्लेख गरेकी छन्। “हाम्रा चाडपर्वहरूले सामाजिक एकता र भ्रातृत्वको आधार प्रदान गर्छन्। अहिलेको समयमा नेपालीहरूबीच थप एकता र सद्भावको आवश्यकता छ,“ उनले भनेकी छन्।
प्रधानमन्त्रीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ’राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सबै राजनीतिक दल, नागरिक र सरोकारवालालाई आह्वान गरेकी छन्। उनले हालको राजनीतिक अस्थिरता र जेनजी आन्दोलनपछिको परिस्थितिलाई सामान्यीकरण गर्न निर्वाचन अपरिहार्य भएको बताएकी छन्।
“सडक प्रदर्शनले मात्र सबै समस्याको समाधान हुँदैन। असन्तुष्टि वा अडानलाई शान्तिपूर्ण रूपमा राखेर जनताको मन जित्दै निर्वाचनमार्फत अनुमोदन गराउनु लोकतन्त्रको उत्कृष्ट बाटो हो,“ उनले जोड दिएकी छन्।
साथै, उनले सबै पक्षलाई परिस्थितिको संवेदनशीलता बुझेर जिम्मेवारीपूर्वक सहकार्य गर्न आग्रह गरेकी छन्। छठ पर्वको पवित्र आस्था, कठिन व्रत र सजाइएका नदी–तलाउका किनारमा देखिने उत्सवले नेपाली समाजमा सद्भाव र सुख फैलियोस् भन्ने उनको कामना छ।