
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबै नेपालीलाई अपिल गरेकी छन्।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले छठ पर्वले सत्य, अहिंसा र प्रकृतिप्रेमको सन्देश बोकेर तराई र पहाडबीच सांस्कृतिक तथा सामाजिक एकताको सेतुको रूपमा काम गरेको उल्लेख गरेकी छन्। “हाम्रा चाडपर्वहरूले सामाजिक एकता र भ्रातृत्वको आधार प्रदान गर्छन्। अहिलेको समयमा नेपालीहरूबीच थप एकता र सद्भावको आवश्यकता छ,“ उनले भनेकी छन्।
प्रधानमन्त्रीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ’राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सबै राजनीतिक दल, नागरिक र सरोकारवालालाई आह्वान गरेकी छन्। उनले हालको राजनीतिक अस्थिरता र जेनजी आन्दोलनपछिको परिस्थितिलाई सामान्यीकरण गर्न निर्वाचन अपरिहार्य भएको बताएकी छन्।
“सडक प्रदर्शनले मात्र सबै समस्याको समाधान हुँदैन। असन्तुष्टि वा अडानलाई शान्तिपूर्ण रूपमा राखेर जनताको मन जित्दै निर्वाचनमार्फत अनुमोदन गराउनु लोकतन्त्रको उत्कृष्ट बाटो हो,“ उनले जोड दिएकी छन्।
साथै, उनले सबै पक्षलाई परिस्थितिको संवेदनशीलता बुझेर जिम्मेवारीपूर्वक सहकार्य गर्न आग्रह गरेकी छन्। छठ पर्वको पवित्र आस्था, कठिन व्रत र सजाइएका नदी–तलाउका किनारमा देखिने उत्सवले नेपाली समाजमा सद्भाव र सुख फैलियोस् भन्ने उनको कामना छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा