
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, १ कार्तिक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली सेनाले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरी विभिन्न प्रश्नको जवाफ दिएको छ। शुक्रबार दिउँसो २ बजे जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले आन्दोलनका क्रममा भएका घटना, सिंहदरबारको सुरक्षा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरक्षण र अन्य विषयमा प्रष्ट पारेको हो।
पत्रकार सम्मेलनको सुरुआतमा युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी आन्दोलनको प्रसंग उठाउँदै सेनामाथि लागेका आलोचनालाई सम्बोधन गरे। उनले आन्दोलनका क्रममा सेनाले परिस्थितिको गहिरो मूल्यांकन गरी मानवीय र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिएको बताए।
“जेनजी आन्दोलन विश्वव्यापी रूपमा क्रमिक विकास भएको भए पनि नेपालमा यो अचानक ‘इरप्सन’को रूपमा देखा पर्यो,” उपरथी थापाले भने। “सेनाले शान्ति र अमनचयन कायम गर्न आवश्यकता र परिस्थितिको आधारमा कदम चालेको थियो।”
उनले सिंहदरबारमा भएको आगजनी र तोडफोडको विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्दै भने, “राष्ट्रिय संरचनाको क्षति दुखद हो, तर त्यतिबेलाको तनावपूर्ण अवस्थामा सेनाले घातक शक्ति प्रयोग गर्नुभन्दा संयम अपनायो। सिंहदरबारमा भीड प्रवेश गरेपछि डेटा सेन्टरजस्ता महत्वपूर्ण संरचनालाई जोगाउन प्राथमिकता दिइयो, जसले सरकारी प्रणाली ठप्प हुनबाट जोगियो।”
सिंहदरबारको सुरक्षाबारे उठेका प्रश्नमा उपरथी थापाले त्यतिबेलाको परिस्थितिलाई बुझ्न आग्रह गरे। “सिंहदरबारमा चारै दिशाबाट आक्रोशित भीड प्रवेश गर्दा ठूलो मानवीय क्षति हुन सक्थ्यो। सेनाले ‘लेस देन लिथल’ ९कम घातक० उपाय अपनायो, ४६ राउन्ड हवाई फायर गरियो र भीडलाई सम्झाइबुझाइ फर्काउने प्रयास गरियो,” उनले भने। “राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टर जोगाउन सकियो, जुन राज्य सञ्चालनका लागि महत्वपूर्ण थियो।”
सहायक रथी मनोज थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेको खुलासा गरे। “दुई हजारभन्दा बढी प्रदर्शनकारी र १५ जना पेट्रोल जेरीक्यान बोकेर विमानस्थल प्रवेश गर्न खोजेका थिए। सेनाले विमानस्थललाई सुरक्षित राखी भदौ २५ गतेदेखि पूर्ण सञ्चालनमा ल्यायो,” उनले भने। विमानस्थलमा क्षति भएको भए अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छविमा नकारात्मक असर पर्ने उनको भनाइ थियो।
आन्दोलनका क्रममा भएका घटनाको तथ्यांक :
मृत्यु : २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र ४१ अन्यको मृत्यु।
हातहतियार लुट : ९७८ हतियार लुटिएकोमा ५८६ बरामद।
क्षति : ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी।
उद्धार : ६१ भिभिआइपी र भिआइपीको हेलिकप्टरमार्फत उद्धार, २३ प्रहरीको हवाई उद्धार र १२९ जनाको जमिनमार्गबाट उद्धार।
माओवादी लडाकुको समायोजनबारे उठेका प्रश्नमा उपरथी थापाले भने, “माओवादी समायोजन विश्वमै उदाहरणीय छ। नेपाली सेना एकढिक्का छ र कुनै पनि पक्षमा विभाजित छैन। सेना राष्ट्रको पक्षमा छ, राजनीति गर्दैन।”
सहायक रथी मनोज थापाले सिंहदरबारको आगजनी नियन्त्रणमा दमकल नपठाइएको भन्ने आरोप खण्डन गरे। “काठमाडौं महानगरसँग सुरुदेखि समन्वय भएको थियो। प्रदर्शनकारीको अवरोधले दमकल समयमा पुग्न सकेन। अवरोध हटेपछि राति ८ बजे दमकल पुगेको हो,” उनले स्पष्ट पारे।
नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा शान्ति र अमनचयन कायम गर्न विभिन्न पक्षसँग छलफल गरेको र परिस्थितिको गहन विश्लेषण गरी कदम चालेको दोहोर्यायो। “सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता हो। हामीले तत्कालीन परिस्थितिमा शान्तिपूर्ण निकासका लागि आवश्यक पहल लिएका हौं,” उपरथी थापाले भने।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा