
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २१ असोज । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारलाई सुझाव दिएका छन् – प्रहरीका हतियार लुट्ने र कारागारबाट भाग्नेहरूलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय दिने कानुन अध्यादेशबाट ल्याउनुपर्छ। यस्ता घटनाले समाजमा ठूलो सुरक्षा समस्या निम्त्याउने भएकाले कडा कानुन आवश्यक रहेको उनको भनाइ छ ।
अहिले प्रहरी हतियार लुट्नेहरूको लागि स्पष्ट कानुन छैन । कार्कीले हातहतियार ऐन संशोधन गरी यस्ता अपराधमा विशेष सजायको व्यवस्था गर्नुपर्ने बताए। विगतको सशस्त्र द्वन्द्वमा यस्ता घटनालाई आतंकवाद कानुनअनुसार कारबाही गरिन्थ्यो, तर अहिले त्यस्तो प्रावधान छैन। गृह मन्त्रालयका अनुसार, प्रहरी ऐनमा कर्मचारीले हतियार लिएर भागेमा मात्र कारबाहीको व्यवस्था छ। आन्दोलनका क्रममा लुटिएका करिब १ हजार हतियार र हजारौं गोली अझै फिर्ता भएका छैनन्। प्रहरीले तिनीहरू फिर्ता गर्न आग्रह गरिरहेको छ।
हाल जेलबाट भाग्ने कैदीहरूलाई कसुरअनुसार ५ वर्ष थप सजाय हुन्छ। तर, कार्कीका अनुसार, १० वर्ष कैदको प्रावधान राखेमा उनीहरू चाँडै फर्किन्छन्। कारागार व्यवस्थापन विभागका अनुसार, २४ गते जेलबाट १४ हजार पाँचसय भन्दा बढी कैदी भागेका थिए। सोमबारसम्म ५ हजार ६ सय ९७ जना अझै फरार छन्। सरकारले २० असोजभित्र फर्कन अल्टिमेटम दिएको छ। केही कैदीहरूले बाटो अवरुद्ध भएको कारण फर्कन नसकेको भन्दै फोन गरेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए। अझै नफर्कनेहरूलाई गृह मन्त्रालयको निर्देशनअनुसार कारबाही गरिने छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा