
१जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
२गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
३केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
४सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
५तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
६ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
७एमालेका महेश बस्नेतको लज्जास्पद हार
८पर्वतमा रास्वपाका सागर भुसाल विजयी
९तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
१०रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२झापा ५ मा बालेनको अग्रता
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
काठमाडौँ, , १२ असोज । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई छानबिन गरेर रिहा गर्न प्रहरीलाई निर्देशन दिएको छ। गम्भीर अपराधमा संलग्न नभएका प्रदर्शनकारीहरूलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया प्रहरीले सुरु गरेको छ।
भदौ २४ गतेको प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौँबाट ४३ र ललितपुरबाट २२ जना पक्राउ परेका थिए। गृह मन्त्रालयले सामान्य गतिविधिमा संलग्न र प्रहरीको पोशाक लगाएर भिडियोमा देखिएकाहरूलाई पक्राउ नगर्न वा पक्राउ परेका भए रिहा गर्न भनेको छ। तर, गम्भीर अपराध र हातहतियार सम्बन्धी मुद्दामा संलग्नहरूमाथि कानुनी कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले यो निर्देशनअनुसार देशभर छानबिन गरी पक्राउ परेकाहरूलाई रिहा गर्न थालेको छ।
गृह मन्त्रालयले असोज ९ गते विज्ञप्ति जारी गर्दै उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन आएपछि मात्रै प्रदर्शन सम्बन्धी कारबाही अघि बढ्ने बताएको छ। तर, गैरकानुनी गतिविधिमा संलग्नहरूलाई कानुनअनुसार कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ।
वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले यो निर्णयले प्रदर्शनका क्रममा भएका गलत गतिविधिलाई लुकाउन खोजिएको हुन सक्ने भन्दै आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा आयोगको बहानामा अपराधीलाई कारबाही नगर्नु गलत भएको बताए।
उच्चस्तरीय जाँचबुझ आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन्। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन्।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल